ओझेल भित्रका सचेतना अभियान
No icon

माइला दाइले लेखेका ब्यानर ,साइन बोर्ड हेरिरहु लाग्छ

तिलक पुन,

साइनबोर्ड लेखन पेशालाई निरन्तरता दिएको पनि पैतीसौ हिउँद बर्षा खेपे, उनले पोखराकै पुराना आर्ट्समा दरिने श्रेष्ठ आर्ट र पुन आर्ट्समा लामो अवधी बरिस्ठ कलाकारको रुपमा कार्यरत रहे। बीचको अवधीमा खोइ कस्तो हुन्छ भन्दै खादीको भत्भती तातो खान समेत पुगे।उनको मनले फितिककै निको मानेनन्।घर परिवार ,साथी भाइ र त्यो भन्दा बेसी उनले देशको माटो सम्झे।अनि त तुरुन्त फर्केर आए।
संगैका साथीहरुले घर घडेरी जोदे ,निजी गाडीमा कुद्छन तर ,यिनको जीवन शैली हिजो र आजमा खासै अन्तर छैन। सन्तोषम परम सुखम भन्छन उनी।
हो,माइला दाइको उपनामले उनले आफ्नो पृथक पहिचान बनाएका छन। माइला दाइले लेखेका ब्यानर ,साइन बोर्ड एक टकले हेरिरहु झै लाग्छ भन्छन उनका कला पारखी हरु। यही माइला उपनामले नै उनको खास नाम भूवन गुरुङ ओझेलमा परेको छ।


कलाबाट भने औसत नेपालीको झै दैनिकी चल्दै आएकोमा प्रफुल्ल छन उनी। बसपार्कबाट साइकलको प्याडल घुमाउदै तुलसी घाट आउछन, अनि भूगोल आर्ट्समा अर्दर दिन आउने ग्राहकका चित्त बुझाएर फर्काउछन।
अचेल माइला दाइ जस्ताहरु यो समाजमा गुमनाम छन। भनिन्छ ,पत्रकारिता आवाज बिहिनहरुको आवाज हो।परन्तु ,बग्रेल्ती सञ्चार जगतका साथीहरुका नजरमा किन आउन सकेनन माइला दाइ जस्ता पुराना जुझारु कलाकारहरु।रङ र ब्रुस खेलाउन थालेको एक बर्ष भएको छैन मोफसल र राष्ट्रिय पत्रिकाका पानामा गजबले छाइएका छन । बरु नव पुस्ताका कलाकारहरु। परन्तु ,माइला दाइ जस्ताहरुले अझै पनि कहिले हुन न्याय पाउने रु के ,बोल्नेको मात्रै पिठो बिक्छ यहाँ ?

Comment As:

Comment (0)