ओझेल भित्रका सचेतना अभियान
No icon

अनवरत-पाइला 

अनवरत-पाइला 

                         ©खडक पामी आले मगर

समयको अनन्त गर्भबाट
अनयास, अनयासै म पनि जन्मिएछु !
भूगोलको भु- खण्ड बाट 
यी, हिमशृङ्गखला, झर्ना, पहाड, पखेराहरु-
चियाउँदै-चियाउँदै,
मैले पनि लामो सास फेरेको छु, फेर्दैछ।
नेपाल आमाको सुपुत्र बन्ने
मीठो अभिलाषा बोकेर ।

मैले पनि मिठा मिठा सपनाहरू  देखेका थिएँ ,
मेरा ती सपनाहरु भ्रम मात्र भैगयो- हुँदैछ।
खै ! म मेरा जिजिविषा खोज्न कहाँ  जाउँ ?

न्यायलयको ढोका ढोकामा,
म दुई हात पसार्न पुगेकाे हुन्छु-पुगिंदैछ ।
अतृप्त प्यासलाई एक घुट्को पानी माग्न,
ती भोका पेटहरुलाई एक मुठी नुनिलो फाँडो खोज्न ।

बल्की,
म रित्तो हात हल्लाउँदै फर्किरहेका हुन्छु(फर्किंदैछ )।
मेरा भोका पेट नाङ्गो आङ
चिच्याईरहेका हुन्छु- चिच्याउँदैछ ।
तर ,
मेरा चीत्कार क्रन्दनहरु नसुनेको हुँदो,हो-सुनि दिएनन ।

एक्कासी ! 
म मेरो झुप्रोमा रुन कराउन आईपुगेका हुन्छु( आउँदैछ।
जब म कराउँछु,छट्पटाउँछु
भयाङकर ठूलो मेघ गर्जन्छ त्यहाँ ,
मेरो झुप्रो भत्काउने गरि - मलाई तर्साउने गरि ।

म मेरा चीत्कार क्रान्दनलाइ रोक्दै
चुपलागेकाे हुन्छु (चुपलाग्दैछ) ।
चोइटिएको मुटु भत भती पोलेर
चिरा चिरा चर्किंदै छ ।
मेरा ठेला उठेका हातहरुले थिचिरहेका हुन्छु ( थिचिंदैछ )।

उफ !
अद्भुत शब्दमा , झिनो चिच्याईमा ,
अनवरत चिच्याइरहेका हुन्छु ( चिच्याउँदैछ )।
तर मेरो चिच्याहट सुनिदिने कोहीभएन।
सुनिरहँदो हो त,
ती अमुक खम्बाहरुले, ती भित्ताहरुले ।
हेरिरहँदो होस 
ती अट्ल निश्चल हिमालहरुले ।

अनयासै, म यस्तै भएँ ,
मेरा बा आमाका मिठा मिठा सपनाहरू
अँधेरो खल्डोमा डुब्ने भयो-डुप्दैछ ।
मैले मेरा बा आमाको ॠण चुक्ता गर्न 
नसक्ने नै भएँ ।
एक मुठी नुनिलो जाउलो खुवाउन
नसक्ने नै भएँ ।

अब त म,
नेपाली आमाका तमाम भोका नाङ्ग सन्तानहरुका लागि,
जाउलो माग्न निस्केकाे हुन्छु (निस्किंदैछ )।
ओत नपाई निथ्रुक्क भिज्नेहरुका लागि
ओत खोज्न भौतारिरहेका हुन्छु (भौतारिंदैछ )।
गन्तव्य तिर बढिरहेको हुन्छु ( बढ्दैछ )।

 किनकि,
जेठा दाजु र काकाहरुले मात्र  ओगटेका विधायक मण्डल विघटन गर्न,
तानाशाही निर्णयहरु तोड्न,
तमाम नेपाली दाजुभाइहरुलाई
सामनुपातिक अंश दिलाउन ।

त्यसैले त ,
अब म
हुँचिलहरुको हुँ, हुँ सुनी तर्सिन्न 
स्याल र ब्वाँसोहरुको हूँईयाँ ! सुन्दैमा म भाग्दिन 
अब मेरा पाइलाहारु 
विशाल फड्कोको रुपमास
अनवरत अनवरत चलिरहेका हुन्छु ( चल्दैछ )।
अनवरत , अनवरत !!!!,

 

Comment As:

Comment (0)