ओझेल भित्रका सचेतना अभियान
No icon

कौराहा

लीला राना
दर्छा फुलबारी पाल्पा
          कुनै महिना यस्तो छैन, त्यो दिन हामीले रमाईलो गर्दैनौ । महिनाको एक न एक दिन रमाइलो  भएकै हुन्छ, बैशाख लाग्दै नयाँ वर्ष रमाईलो घाटु नाचने जेठ तिर सेलाउने, असार धान रोपाई, पन्ध्र असार दही चिउरा, रोपाइको आखिरी दिन (हरीयाली) रोपाहरहरुले घर मुलीलाई हिलोमा डुबाएर, लतारेर खेतको माझमा बिउको भकारी बनाएर, मुल ढोकामा टिका र बिऊ घुसारेर घर मुलीलाई टिका र बिउ लगाएर रमाइलो खानपान, “ माइ झार” मनाउने, सावन पन्ध्र ‘खीर खाने,” त्यसै रमाइलो ! भदौमा, मकै गोड्ने कोदो रोपने, सकिने दिन घर मुलीलाई बोकेर नाचने गाउने रमाइलो ‘ओहली’ दशैंमा  मालसीरो गाउने, नचन नाचने ! तीहार !  भैलेनी आयो आगनमा, बाती बाली राखन हे औँसी बार गाई तीहार हो भैलो ! हामी त्यसै आको हैन बली राजाले पठाएको हे औंसी ..................
टीकाको दिन दाई भाईहरुले “हे भन भन भाई हो देउसीरे ........ भन्दै देउसी खेल्ने ! माघ पुस जाडो शरीर न्यानो गराउने, ब्रुक ब्रुक उफ्रेर नाच्ने गरिब बुरुवाको नाच झामरे (झामरे–सम्रराट मित्र संन सिंजाली थापा मगरको भनाई अनुसार लुट्रे झुत्रे, झाटरे थाङ्ने कपडा सँगैनाचने भएकोले यो नृत्य को नाम झामरे, अपभ्रंश भएर–झ्याउरे) शरीर न्यानो राख्न माघे संक्रन्ती मा चक्रे, तील तरुल, सेल बारा खाने चैतमा श्रीपंचमीमा मेला, मेलामा लेनदेन भाखा म्याद तोक्ने भ्याके भन्छन् । हुरी बतास धुलो उड्ने फागुन महिना  धुलो फाल्न पखाल्न फागु खेल्ने । हुरी बतास चलने भएर होला “हुरी खेलौला हो हुरी खेलौँला राजाको दरबारै मा हुरी खेलौला”  गाउँदै नाचदै टेंसु फुलको प्रकृतिक रंग पानीमा भिजाएर गर्मी  छेल्न धुलो पखाल्न छ्यापा छ्याप गर्छन् फागु पूर्णीमामा ! यस्तैमा एक जना मनचलेले के भन्छ “अब कांैडा कौंडा नाचने” मैले  भनेकै “कौंडा कौंडा कौंडा नाच के हो ? पुजा पाठ गरेर नाचने र पुजा पाठ गरेरै सेलाउने नाच कौराहा तिथीमितिमा नाचीन्छ जहाँ पायो त्यही, जहिले पायो त्यसै नाचिन्छ ? त्यही भना भन भयो । 
कौराहा (कान राहा) नृत्य के हो त ? २००७ साल अगाडीको कुरा त के गरौँ हामीलाई स्वतन्त्रता के हो ? भन्ने नै थाहा थिएन । हामीहरु दास, कैदी कमारा, हरुवा भएर बाँचेको थियौ कोई फुत्कीयर या भागेर, लाहोर, लाहुरे हुन पुगेको थियो । पृथ्वीनारायण शाहाले यो मगरहरुलाई नभनि इनलाई फकाएर लाहोर पठाउनु, मरे शहीद, समातीय कैदी कालापानी बस्छन् बाँकी कती फर्कन्छन् ? भारततीरको बसाइमा कौराहा नृत्य, गोर्खाली जाति को भन्ने तर्क नभएको होइन, त्यहाँ पनी यस्तै युद्धमा गएको लाहुरे फर्की आउदा घरको मान्छेले आफन्तले नचिनेको आफ्नै पत्नीको नाम लीएर बोलाउदा पनि डराएर पत्नीले “कौना आयरा” ? “कौना आयरा भन्दै” बसी । यहि शब्दनै अपभ्रंश भएर कौना–कौ र आयरा ?–रा, “कौरा” (कौना आयरा ? ( को  आयो र ?) भन्ने पनि छ, भारतमा बसोबास गर्ने नेपाली गोर्खाली मगरहरुको मगर नेपाली भाषामा गढ्वाली कुमाउनी, हिमाचली, डोगरी, पंजाबी, बंगाली सोली, डोली, संगै नाता, भाषाको मिश्रण नभएको होइन । गाउँले खुशी भएर घरको परिवार सँगै गाँउने नाचने समुह नृत्य कौना आयरा ?– को आयो र लाई नै कौरा” पनि भनिन्छ, लाहुरे गोर्खाली भाषामा ! स्याङ्जा जिल्ला, लाहुरेहरुको जिल्ला भने पनि हुन्छ । पहिलो र दोस्रो विश्वयुद्धमा गएका सयौँ लाहुरेहरु फर्की आएनन् कोइ बाँचेनन्, कोइ उतै जता मन लाग्यो उतै घर जाम गरेर बसे, युद्धमा मरेका र कैदीहरु मरेको थाहा पाए पछि किरीया कर्म सम्म गरे । फर्की आउनेहरुले “ऐ बाजु बजै कान राहा, (ए बाजे बजै हामी आयौं), ऐ नानीको कान राहा, (ए बैनी हामी बाचेर आयौं) ऐ नानीजा को कान टाराहा ! (ए केटीहरु(युवतीहरु) हामी आईपुग्यौं) मरेको बाँचेको थाहा नपाको मान्छेहरु, लाहुरेहरुले यसरी कान जीमो राहा, (हामी बाचेर आयौं), कान जुमो राहा (हामी जितेर आयौं) भन्दै हाँस्दै गाँउदै आउदा सबै रमाए, लाहुरेले घरमा लाल्टीन बाल्यो ! मइनटोल बाल्यो । घिचीन मारा (चमेरा मारा बट्टाको) सिगरेट पत्थर लाईटले सल्काएर दियो सबै छक्क “चिया” गोल मरिच र चिनी हालेर पकायो चिया दियो चियाको चोकटा नपाउनेले लाहुरेको घरमा चिया खाएको चोकटै थिएन भन्न सम्म भ्यायो । लाहुरे  आएको घरमा रमाइलो गर्ने, घरमुलीले घरमा राखेको, अरु साथीहरुको खैजडीहरु, बासुरीहरु, झाँझरहरु, (खाँखर) र झ्याली जम्मा गरेर “भगुमान मेरो छोरा जीउदै, युद्ध जितेर आयो हामी खुशी मनाउछौँ” भन्दै सबै बाध्यबादन (ङ्हाचको) राखेर भाले काटेर पुजा गरेर बाध्यबादनहरु बजाउने गाउने र बुडाबुढी केटा केटी सबै नाच्ने ! १६ पुसबाट आसर र कतै कतै वैसाख पुर्णिमाबाट असारसम्म यो नृत्य नचाइन्छ, असारको आखिरीमा पनि यस्तै पुजा गरेर बाध्यबादनहरुलाई बन्द, कौराहा नृत्यको समापन र काममा व्यस्त 
(प्रथम विश्वयुद्ध १९१३–१५, दोस्रो विश्वयुद्ध १९४२–४५ समाप्त, र भारत स्वतन्त्रता भए पछि (१९४७) बेलायती सेनाले भारत छोडे आफू सँग केही गोर्खाली (द्दन्च्, टन्च्, ठन्च् ७ ज्ञण् न्च्० गोर्खा पल्टन गाभेर लगे टाडा भएर होला ती वर्षमा ६ महिना को बिदा दिएर पठाउथे । यस विदामा खेती पाती गर्ने बेला, दशै, तिहार, तिज, चण्डी पूर्नियाँ श्री पँचमी चाड्पर्व, विवाह, गर्ने मिलाएर बिदा आउथे, वर्षमा एक पटक बेवहार लेन देन श्री पंचमीको भाका राख्दथ्यो । यसरी हेर्दा साँचीनै लाहुरेहरुले, युद्ध जितेर बाँचेर आएका लाहुरहरुेले “कान जीमो राहा, (हामी बाँचेर आयौं), कान जुमोराहा, (हामी जितेर आयौं), कान इमाङ टाराहा (हामी घरमा आईपुग्यौं) भन्ने अपभ्रंश भएको बोली र उसको घरमा खुशी मनाउदा गाएको नाचेको रमाइलो नृत्यनै कौराहा हो ! दिन भरी खेती बारी, वन जङ्गलमा जे काम पनि भ्याएर लाहुरे, जेठा घरे, निबाजु गाउँघरमा पुजाभा को, छोराको जन्म भात खुवाई, छेवर, विवहा, फौजमा तक्कामा सम्मान (हवल्दार, जमदार, सुब्दार, कप्तान) मान पाएको खबर पाउँदा गाउँको टोली जम्मा भएर उनीहरुको घरमा खुशी बाट्न जान्छन् रमाइलो गर्छन् । दिन भरीको काममा जतीनै व्यस्त, थाकेर आए पनि उनीहरु समुहमा “ऐबाजु–बजै (ए बाजे बजै) ऐ डई भेना (ए दिदी भेना), ऐ झ्याबै–झ्यामै, (ए ठुलो बा, ठुली आमा) ऐ डाजी, भुजु (ए दाजु भाउजु) “कान राहा, टाराहा (हामी आयौं) रमाइलो जाट्के (रमाइलो गर्न) भन्दै आफ्नो प्रस्तुती राख्छन् “कौराहा” नृत्य ! यो समुह नृत्यमा घरको बाजे बजै, बुहारी छोरा, नातीती नाती, छोरीहरु, नाच्छन् । गीतमा लाहुरेको कथा बेथा विश्व युद्धथामेपछि आउदा छोरा छोरीले नचिनेको, उनीहरुको तोते बोली सुन्न नपाएको, भरखर भरखर माया बस्न लागेको डील मायाँलाई “माया गर्छु” भन्न नपाउँदै उ अर्कै पट्टी लागेकी, लाहुरेको के भर ? पर्खी बसेर अर्कैलाई लग्ने पो हो की ? जस्तो मार्मीक बेथाहरु हुन्छ, भने लाहुरेले युद्ध जितेर छाती र कुममा तारा लगाउँदा को गर्वका कुरा गर्दा, “हामी जस्तै तिम्रो शत्रुको पनि आफन्तहरु, प्रियसीहरु थिए होलान किन मा¥यौ ?” भन्दा लाहुरेले भन्छ यो युद्धमा मैले नमारे उसले मलाई मार्छ के गर्ने ? लाहुरेले प्रश्न गर्छ ? भान्जी दिदी, (कप्तान नारायन सिंह थापा) पत्नीे छेमा (डिम बहादुर थापा जमदारको) पत्नीहरु पनि यस्तै भन्छन् “मुखियाकोे बुहारीले छोरापाको कौराहा’ नचाउनेरे दुई दिन ! कान राहाले है सालीको कौराहा नचाउन नाचन भन्दै कार्यक्रमहरु मिलाउथ्यो । यो प्रत्येक कार्यक्रममा जम्मा भएको मासु रोटी खानेकुरा खाने रक्सी र रकम जम्मा गर्ने, गाउँले सल्लाहामानै बंगुर, खसी काटेर भेजा गर्ने या ओहोरा  खाने वा पाटी, पौवा, पधेरा, कुवा खनाउने बाटो बनाउने मगर–हरुमा समानुपाती र सहकारीताको भावना कुटी कुटी उनको मनमा भरेर राखेछ । “कान राहा, कान रमाइलो जाटके टाराहा, कौना आयरा?, कान जीमो राहा, कान जुमो (जिट्टार छानमो) राहा, कान इमाङ टाराहा” जे भने पनि यि सबै शब्दको अपभ्रशं शब्द “कौराहा” भन्नमा दुइ मत नहुन  पनि सक्छ सोच र सोधको व्यापक विषय पनि हुन सक्छ जे भने पनि कौरा, कौराहा हामी मगरहरुको देश विदेशमा सम्म अति प्रिय, प्रचलित समुह लोक नृत्य हो कौराहा !                                            
 

Comment As:

Comment (0)