ओझेल भित्रका सचेतना अभियान
No icon

गजल

आजकल त चिने पनि नचिने झै गर्न थाल्यो 
लाग्छ मेरो माया पनि अन्तै बसाई सर्न थाल्यो ।
माया गराई भो र दुःखमा साथ हुन्नौ भने
तिमी विना पनि आज सबै दुःख तर्न थाल्यो ।
बाच्दिन जस्तो लाग्थ्यो तिमी विना जीवनमा 
तिमी विना पनि बाच्न अब बानी पर्न थाल्यो ।
देवतासरी विराजमान थियौ मेरो मन मन्दिरमा 
देवताबाट दानवतामा खै किन झर्न थाल्यो ।
भेटियो की अर्काे कुनै साथ दिने सहयात्री
त्यसैले त मेरो माया यति चाडै मार्न थाल्यो ।
साथ देऊ भन्दिन म हाँसी बोले पुग्छ मलाई 
विना कारण खोइ किन बोली पनि बार्न थाल्यो ।
 

Comment As:

Comment (0)