दाजु कमरेड
लेखकः मथुरा पिया
हाल बुटवल
मरस्याङदि नदिको दक्षिणतिर एउटा सुन्दर पहाडी गाउ“ छ बन्दीपुर । गाउ“ साह्रै सफा र रमणीय छ । यही पहाडमा कमरेडको जन्म भएको हो । पढ्ने हिसाबले बन्दीपुरमा राम्रो शैक्षिक संस्था थिएन । उनको बाल्यकाल खेल्दै धेरै दिन बित्यो । बिस बर्षको उमेरमा बाबा बितेपछि उनी कान्छा बाको रेखदेखमा हुर्किए । कान्छा बा नारायणगढ झरेपछि भाइहरु र बहिनीहरु उनको रेखदेखमा आयो । सबै साना थिए । यसैले उनी घर गृहस्थीमा लाग्नु प¥यो ।
२००५ सालमा उनी भाषा पाठशालामा पढ्न गए । यो पाठशाला बन्दीपुर बजार माथि छ । यो पाठशाला चन्द्रशमसेरले १९७६ सालमा स्थापना गरेको हो । उनको भाषा पाठशालामा अध्ययनरत सहपाठीहरु मध्ये के.एल.भूषणसंग बढि नजिक थियो । गुरुहरु शिवशंकर आचार्य र ज्ञानहरि पण्डितले श्रेस्ता, नैतिकता, अकंगणित पढाउथे । तर उनको पढाई बिचैमा रोकियो । साथीहरु सबै नारायणगढ झरे । यहा“ विद्यालय पनि खुलेको थिएन । त्यो भाषा पाठशालापछि गएर स्तरबृद्धि हु“दै माध्यमिक स्कूल भएको थियो ।
कमरेडको पुरा नाम चिरञ्जीवी पिया हो । पुरेतले राखिदिएको नाम हो । उनी बैशाख १ गते नव बर्षको शुभ दिन जन्मेकाले यो नाम जुरेको हो । कमरेड त साथीहरुले राखिदिएको नाम हो । जवानीमा सबै संगीसाथीहरुलाई हसाउने, ख्यालठट्टा गर्ने भएकाले हो । उनले बाद्यवादनमा पनि साह्रै रुची थियो । ढोलक र तबलाको उनी वस्ताज थिए । उनले रेष्टुरेण्ट बिजनेसबाट आफ्नो ब्यवसाय सुरु गरे । पछि किनारा दुकान, कपडा दुकान र गल्लासम्मको ब्यापार गरे । केहि बर्ष त गाडि घोडा अलवा क्याबल बिजनेसमा पनि लागि परिरहे । नपुग उनमा केहि थिएन । खानपिन पिउने क्रम शिखरमा थियो । उनको जिन्दगी ख्याल ठट्टा गर्दै समय गुृज्रिरहेको थियो । यतिनै बेला (२०७७ साल १२ गतेबाट) उनलाई खोकी सुरु भयो । रोकिएन । जचाउन पोखरा पुग्यो । पोखराको डाक्टरले काठमाण्डौं जौ भने । काठमाण्डौंको डाक्टरले यहि महिनाभित्र दिल्ली जौ भने । राजिब गान्धी इन्टरनेशनल हस्पिटलका डाक्टरले फोक्सोमा इन्फेक्सन छ भने । उनी असोज ३ गते नेपाल फर्के । बुटवलमा छोराहरुकोमा पालैपालो बस्न थाले । उनको आयुर्वेदिक दबाई असोज १८ गते बाट सुरु भयो । बिसेक हु“दै आयो । दिल्लीबाट फर्केको ११ महिनापछि रोग पुन बल्झिदै गयो । २०७८ साल श्रावण २० गतेको राती अकस्मात उनलाई सास फेर्ने गाह्रो भयो । छोराहरुले तिनाउ हस्पीटल सुक्कानगर लिएर गए । आई.सी.यू.मा राखे । भर्ना भएको राती ४ बजे उनको देह त्याग गरे । त्यतिबेला उनी ८४ बर्षमा पर्दापण गर्दै थिए । आफ्नो ठाटथलो बन्दीपुरको मरस्र्याङदी नदिमा जलाउने कार्यक्रम बन्यो । तर कोरोनाको यो जटिल कहरले गर्दा बुटवलको मगर घाट योगीकुटीमा दाह संस्कार गर्नुपर्ने भयो । छोराहरु बोनिन पिया, संजिब पिया र सुमन पियाले दागबत्ती दिए । म पनि घाटमा भतिजाहरु संगसंगै थिए । उक्त दृश्यले मैले आसु थेग्न सकिरहेको थिएन । उनी (कमरेड) मेरो ठूलो दाजु । म कान्छा । उनले नै मेरो पढाई ब्यवसाय र विवाह गरिदिएका थिए ।
ठूलो दाजु कमरेडको बारे थप बिषय छ । हाम्रो जिजुबाजेहरुको घर भक्तपुर । पृथ्वीनारायण शाहले भक्तपुरमाथि हमला गर्न थालेपछि टेकनसिंह पिया भन्ने व्यक्ति बन्दीपुर आए । उनको साथमा सिकर्मी, डकर्मी, व्यापारी, उद्योगीहरु थिए । यो २३५ बर्ष पहिलेको कुरा हो । उनले यहा“ भक्तपुर शैलीको घर बनाए । पेगोडाको झलक दिने मन्दिर बनाए । रीतिरिवाज भित्राए । जात्राहरु सुरु गरे । बिस्केट जात्रा,फुलपाती जात्रा, गाईजात्रा, बाघजात्रा मुख्य हुन् । यो ठाउ“ले एउटा सिटिको रुपमा विकसित भयो । यहा“ भोटसम्मका पोके ब्यापारीहरु व्यापार गर्न आए । बाइसे, चौबिसे राज्यहरु नेपाल राज्यमा बिलय भएपछि यो ठाउ“ पश्चिम ३ नम्बरको प्रशासकीय थलो बन्यो । राजा मणिमुकुन्दसेनले यहा“ आफ्नो हिउ“दे दरबार बनाए । बर्षा ऋतुमा उनी (राजा) तन्हसुरमा (बन्दीपुरबाट ५ घण्टाको पैदल यात्राले पुगिन्छ) राजकाज चलाउथे । आफ्ना जिजुबाजेहरुले बसालेको यो शहरको चा“दनी चोकमा आजभन्दा ८३ बर्ष पहिले कमरेड चिञ्जीवी पियाको जिवन सुरु भएको थियो । त्यतिबेला उनका बाबा टेक बहादुर पिया र अर्को व्यवसायी शम्भूलाल प्रधान ब्यापारको सिलसिलामा दिल्लीमा जाने गर्दथ्ये । दिल्लीको चा“दनी चोकले उनीहरु प्रभावित भए । फलस्वरुप उनीहरुले आफ्नो पुरानो टोलको नाम चण्डेनीलाई परिवर्तन गरे । चा“दनी चोक नाम राखे । त्यसपछि बन्दीपुरले दिन दुईगुणा रात चौगुणाको हिसाबले विकासको फड्को मार्न थाल्यो । राजनैनिक प्रशासनिक, व्यापारीक, धार्मिक, आर्थिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा यो पश्चिमाञ्चलमै अग्रणी स्थलको रुपमा उभियो । शैक्षिक क्षेत्रमा पनि यसल बिस्तारै फड्को मार्ने क्रम सुरु भयो । २०२५ सालसम्म आईपुग्दा यो टिपटप बन्दीपुर भयो । यहा“ बर्षभरी सामाजिक, सांस्कृतिक क्रियाकलापहरु चलिरह्यो । बिस्केट जात्रा, गाईजात्रा, बाघजात्रा, लाखे नाच, पुतली चोप, फुल तार्ने, रामायण मुख्य हुन् । यी सांस्कृतिक कार्यक्रम सगाउनमा दाजु कमरेडले बर्षौसम्म ठूलो योगदान गरे । उनी पूजा कार्यक्रमहरु जस्तो भपुनी (रोटिपेल्ने), फुल तार्ने, गुठिपूजामा नायको (मुख्य मान्छे) भूमिकामा रहन्थे । कमरेडको जिवन यसरी जात्रा, पुजा, बाद्यवादनमा रमाउदै समय गुज्रिरहेको पत्तै थिएन । यहि सालमा (२०२५) बन्दीपुरको सदरमुकाम डमौली स¥यो । सदरमुकाम गुमेपछि यहा“ व्यवसाय थप्प भयो । व्यवसायीहरु लाखापाखा लागे । तैपनि दाजु कामरेडले आफ्नो ठाटथलो छोडेनन् । बन्दीपुरमा बस्दै खेती किसानीमा रमाए । मकै, कोदो, घैयाधान र भैसी पालनबाट घर व्यवहार धाने । पछि उनी सुन्तला खेती गर्न पनि अगाडि सरे । छिमेकीहरुले पनि यस व्यवसायमा इच्छा जगाउन थाले । गाउंभरी सुन्तलाको बोटले ढाक्यो । पहेलपुर बन्दीपुरनामले यो ठाउ“ परिचित भयो ।
मेरो बन्दीपुरमा खासै काम भएन । म बुटवल आए । यहा“ मैले प्रोभिजन स्टोर खोले । पछि दाइको छोराहरु बोनिन पिया, संजीव पिया र सुमन पिया पनि आए । यहा“ उनीहरुले फर्निचर, क्याबल र चाउचाउ उद्योगमा लगानी गरे । २०२९ सालमा पृथ्वीराजमार्ग चालु भयो । दाजु कमरेड सुन्तलाको खेती छोडेर डुम्र झरे । यहा“ उनले ढाक्रे व्यापार सुरु गरे । यो व्यापारमा नुन, मट्टीतेल पर्दछन् । उनी गाम बेसी (डुम्रे–बन्दीपुर) गरिरहन्थे ।
हामी बुटवलबाट हरेक बर्ष दशै थाप्न बन्दीपुर जाने गथ्र्यौ । एकबर्ष भतिजाहरु बन्दीपुर गएनन् । म मात्र गए । यकिन मिति याद भएन । धेरै बर्ष पहिले हो । ३८ बर्ष पहिले हो की ? म बसबाट डुम्रे झरे । बसस्टपबाट बन्दीपुर नउक्लीकन डुम्रेको पसलमा गए । पसललाई पुरै प्रहरीहरुले घेरेर राखेका छन् । दुई, चारवटा सरकारी जिपहरु आगनमा छन् । आगनमा मानिसहरुको भिड थियो । भिडलाई छिचोलेर म भित्र पसे । दाई कमरेडलाई पुलिसले ठानामा लैजान सुरु गरिरहेका थिए । बजारियाहरुले रोकिरहेका थिए । पुलिस र बजारियाको बिच छिनजफत्ी चल्दै थियो । म किकतक्ष्यबिमुढ भए । दाइले के अपराध गरेको होलान् । कल्पना भन्दा बाहिरको कुरा थियो मेरो लागि । हरेक दिन साथीभाईहरुसंग रमाइ हिड्ने, जात्रामा ढोकल बजाएर सबै सहपाठीहरुलाई उक्साउने मान्छेलाई कसरी यो सिचुएसन यहा“ सुरु भयो । मैले बुझ्न सकिरहेको थिइन । न उनको राजनीतिमा चाख थियो । राजनीतिको नाममा एउटा बुदसम्म उनलाई थाहा थिएन । अन्तमा बजारियाले जिम्मा लिए पछि पुलिसले दाजु कामरेडलाई छोडेर हिडे । सि.डि.व. पनि आफ्नो गाडीमा चढे । लावालस्कर सबै आफ्नो इलाका डमौली सोझिए ।
मैले घटनाको विवरण थाहा पाए । मेरो दाजुको नाम कामरेड । कामरेड शब्द साम्यवाद संग सम्बन्धित छ । बामपन्थी भन्ने यसले जनाउछ । पंचायतको कार्यकाल । निर्दलीय शासन पद्धतिमा यो शब्द (कमरेड) पाच्य हुने कुरा भएन । नाम कमरेड भएकोले दाजुलाई बामपन्थी ठानेका रहेछन् । यसैले प्रशासनले दाईलाई पकडन आएको भन्ने बुझियो । बामपन्थीको बाम शब्द न सम्म कहिले नसुनेको मेरो दाईलाई पुलिसले यो हरकत देखाउद मलाई हासो पनि उठ्यो । नरमाइलो पनि लाग्यो म बन्दीपुर उक्लिए । यो बर्ष हाम्रो जुठो परेको रहेछ । आमाको हातबाट टिका थाप्ने सहमति पनि जुरेन । यसैले दाजु कमरेड दशैमा बन्दीपुर नगई डुम्रे बसेको रहेछ ।
कमरेड शब्दबारे यहा“ व्याख्या गर्न खोजिएको छ । कमरेड भन्नाले सहचर, सखा, सगी, साथी, मित्र, बिश्वनिय मित्र पक्का साथी, सहयोगी, साथी (हितैषी) भन्ने पनि अर्थ लाग्छ । कमरेड भन्ने शब्दले मुलतः पुरुष भन्ने एडे«स गर्छ ।
सरसरती हेर्दा कमरेड शब्दले साथी भन्ने अर्थ बुझाउछ । तर यो शब्दले बृहत परिभाषा पनि समाहित गर्दछ । कमरेड भन्नासाथ यो सँम्यवादको सेरोफेरो भित्र पर्दछ । १९ औं शताब्दीमा कालमाक्र्सले सुरु गरेको साम्यवादमा कामरेड भनेको राजनीतिको एउटा इमान्दार नेता हो । देश र जनताको लागि समर्पित व्यक्ति पनि हो । उनको जिवन साधारण हुन्छ । व्यक्तिगत सम्पत्त केही हु“दैन । सबै समूहमा रहन्छ । यिनीहरुलाई बामपन्थी भन्ने पनि गरिन्छ । अक्सफोर्ट डिसनेरीले कमरेडको अर्थ एउटै समूह टे«ड यूनियनको जस्तो सोसलिष्ट वा कम्युनिष्ट पोलिटिकल पार्टीको व्यक्ति हो । सानो अक्सफोर्ड डिसनेरीले केहि कृयाकलापको लागि सहयोग बन्ने नै कमरेड हो ।
कमरेड शब्द स्पेनिश कामाराडाबाट आएको हो । जसको शाब्दिक अर्थ कोठामा स“गै बस्ने साथी हुन्छ । कमरेड शब्दले राजनितिक रंग फ्रान्सेली क्रान्तिबाट पायो । समाजवादी र मजदुरबिच सम्बोधन गर्नका लागि प्रिय शब्द बन्यो कमरेड । युरोपमा कमरेड शब्द उन्नाइसौ शताब्दीमा निकै चल्तीमा थियो । समाजवादी आन्दोलन स“गै कमरेड शब्दको प्रयोग राजनितिक बृत्तमा व्यापक भएको हो । भारतमा नेहरु देखि कांग्रेसका संस्थापक विपि कोइरालाका लागि कमरेड आफ्नै जातको शब्द थियो ।
शोभियत क्रान्तीकारीहरु एक अर्कालाई सम्बोधन गर्न तबरिस शब्दको प्रयोग गर्थे । छोटकरीमा टोभ भनिन्थ्यो । कमरेड शब्दको साइनो रुसी भाषासंग छैन । तर यसको विश्वव्यापीकरण र कम्युनिष्टिकरणका लागि रुसी क्रान्तिको मुख्य हात छ ।
३० श्रावण २०७८
बुटवल टुडे राष्ट्रिय दैनिक
