रुपन्देहीमा महिला माथि कूटपीट
बिन्दु कुमार चौहान
गैडहवा १४ बैसाख । घरेलुहिन्सा पीडित रुपन्देहीमा एक महिला माथि आफन्तीबाट नै कूटपीट भएको छ ।
जिल्लाको गैडहवा गाँउपालिका वडा नं. २ बिचौवापुर बस्ने रुपा सुनारलाई बिभिन्न लांछना लगाई सासू र जेठानी द्वारा कूटपीट गरिएको हो ।
श्रीमान बिराज सुनार एक बर्ष देखि बैदेशिक रोजगारको सिलशिलामा मलेशिया बस्दै आएको मौका छोपी सासूआमा अमारी नेपाली र जेठानी लक्ष्मीनेपाली लगायतले सामूहिक रुपमा निर्घात कूटपीट गरेको पीडितको भनाई छ ।
उनले सासूआमाको आफन्ती पर्ने गैडहवा गाँउपालिका २ का वडा अध्यक्ष तुलबहादुरपुन कै ठाडो निर्देशनमा आफू माथि कूटपीट भएको हुदा पीडित महिलाले प्रहरीचौकी पोहवामा किटानी जाहेरी समेत दर्ता गराएकी छन ।
यद्यपि सो सम्बन्धमा वडा अध्यक्ष पुुन सँग जानकारी लिनखोज्दा उनले सासू बुहारी बीच झगडा हुन लाग्दा आफू त्यहाँ पुगेर समझाई बुझाई मात्र गरेको हुदा अरु आरोप बिपक्षीहरुले षडयन्त्र गरि फसाउन लागेको बताए ।
कूटपीट सम्बन्धमा निज महिलाले दिएको उजुरी माथि छलफलका लागि दुबै पक्षलाई बोलाइएको पोहवा प्रहरी चौकीले जनाएको छ ।
