ओझेल भित्रका सचेतना अभियान
No icon

पहिलो मिस वालिङको ताज बिनालाई

कला राना,

वालिङ १४ पौष ।

फ्यूजन नेपालले आयोजना गरेको पहिलो मिस वालिङको ताज वालिङ ६ धुनबाँसकी बिना थापाले पहिरिन सफल हुनुभएको छ । यहाँका युवाहरुको संस्था स्मार्ट ईभेन्टको व्यवस्थापनमा युवतीहरुको अन्र्तनिहित प्रतिभालाई उजार गर्दै पर्यटन भ्रमण वर्ष सन २०२० लाई समेत प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरेको प्रतियोगितामा २२ वर्षीय बिनाले मिस वालिङको टाईटलसंगै नगद १ लाख सहित मिस गण्डकीमा प्रवेश गर्ने अवसर प्राप्त गर्नुभएको छ । मगर चलचित्रकी नायिका समेत रहेकी बिनालाई प्रतियोगिताका निर्णायक रिवर्थ ईभेन्टका अध्यक्ष तथा हाम्रो गोरेटो मासिक एवम् hamrogoreto.com  अनलाईनका प्रधान सम्पादक/प्रकाशक अरुण दर्लामी मगरले साधेको पर्यटन प्रर्वद्धन सम्बन्धी "नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न तपाईको भुमिका के रहन्छ ? "भन्ने प्रश्नको जवाफमा "नेपाल भ्रमण वर्ष २०२० पर्यटन, विकास र समृद्धिको योजना हो । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ, पर्यटकलाई दीर्घकालीन पाहुनाको रुपमा राख्नलाई सबैले आ आफ्नो तर्फबाट योगदान पु¥याउनु पर्छ । पर्यटन प्रबद्र्धनमा गैर सरकारी संस्था, नेपाल सरकारका तीनवटै तहबाट ठूलो प्रयास भईरहँदा हामी सचेत नागरीकका रुपमा ध्यान दिन आवश्यक छ, प्राकृतिक, धार्मिक, सास्कृतिक र कृषिको सम्भावना हाम्रो वालिङमा छ त्यसैले यसको सुरुवात म आँफैबाट गर्छु " भन्ने भनाईले मिस वालिङको टाईटल जित्न सहयोग पु¥याएको थियो । बिनाले ६ जना युवतीहरुलाई पछाडि पार्दै मिस वालिङको पहिलो टाईटल जित्न सफल हुनुभएको हो । बिनाले मगर चलचित्र खुर्पेटोमा समेत अभिनय गरिसक्नुभएको छ । बिना हाल भने बुटवलमै रहेर चलचित्र तथा मोडलिङ क्षेत्रमा कार्य गर्दै आउनुभएको छ । त्यस्तै वालिङ क्याम्पस रोडकी दिपा पुन फष्ट रनरअफ हुँदा वालिङ ६ मिर्दिकी लिजन गुरुङ सेकेण्ड रनरअफ हुन सफल हुनुभएको छ । दिपाले फष्ट रनरअफसंगै मोस्ट ट्यालेन्टको अर्वाड समेत जित्दा लिजनले समेत मस्ट डिसिपिलिनको विधामा अर्वाड हात पार्नुभएको थियो । वेस्ट वार्क र बेष्ट फोटोजेनिकमा चादनी आले , मस्ट पपुलर अवार्ड सुनिता थापा र वेष्ट पफमेन्स विधामा माया दर्लामीलाई अवार्ड दिईएको छ ।

विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गर्दै वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं समाजसेवी शोभाकान्त पौडेलले यस्ता प्रतियोगिताले स्थानीय प्रतिभा र क्षमता विकासमा महत्वपुर्ण भुमिका खेल्ने भन्दै आयोजकको प्रशंसा गर्नुभयो । युवायुवतीहरुकै रुची अनुसार आफ्ना क्षमता र रुचीलाई स्थानीय स्तरदेखि नै प्रर्वद्धन गर्न आवश्यक रहेको भन्दै अध्यक्ष पौडेलले युवा युवतीलाई सही मार्गनिर्देश गर्न यस्ता प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । कार्यक्रमा नमुना साना किसान सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले फरक प्रतियोगिताको आयोजना वालिङमा गरिएको भन्दै युवतीहरुलाई निखार्न यो एउटा प्लेटफर्म भएको बताउनुभयो । फष्ट रनर अफले ५५ हजार, सेकेण्ड रनर अफले ३५ हजार नगद प्राप्त गरेका छन् । फिनालेका अवसरमा चर्चित गायक सुनिल गिरीले समेत आफ्नो प्रस्तुति राख्नुभएको थियो । प्रतियोगिताको निर्णायकमा अरुण दर्लामीसंगै टुरिजम ईन्टरनेस्नलका विजेता दुर्गा गुरुङ र मोडल जेनिता गुरुङ रहनुभएको थियो ।

‘प्रकृति, संस्कृति तथा पर्यटन विकास गण्डकी प्रदेशको पहिचान अन्र्तनिहित प्रतिभाको प्रष्फुटन मिस वालिङको अभियान’ भन्ने नाराका साथ स्याङ्जामै पहिलो पल्ट सौन्दर्य प्रतियोगिताको आयोजना गरिएको फ्यूजन नेपालका अध्यक्ष उमेश दर्लामीले बताउनुभयो । पहिलो सिजनले आगामी सिजनका लागी थप उत्प्रेरणा र हौसला मिलेको भन्दै सहभागी समेत निकै उत्साहका साथ मिस वालिङमा सहभागि भएको अध्यक्ष थापाले बताउनुभयो ।

मिस वालिङ सौन्दर्य प्रतियागितासंगै लुकेका भित्रि प्रतिभालाई प्रष्फुटन गर्न र उचाईका थप सिँढिहरु पार गर्न कोशे ढुङ्गा सावित भएको व्यवस्थापक स्र्माट ईभेन्टका अध्यक्ष सगुन रानाले बताउनुभयो । ईभेन्टका अध्यक्ष रानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव स्वीकार कोईराला, उमेश दर्लामी र श्रेया महर्जनले गर्नुभएको थियो । फिनालेका अवसरमा सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।

 

Comment As:

Comment (0)