ओझेल भित्रका सचेतना अभियान
No icon

बुधबार थप २६३८ जनामा कोरोना भाइरस संक्रमण

 पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । १३ हजार ९ सय २७ जनाको परीक्षण गर्दा २६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।  नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ८० हजार ९५४ रहेको छ ।

बुधबार काठमाडौंमा ९९६, मोरङमा ३४४, ललितपुरमा ३०५, भक्तपुरमा १०२, सुनसरीमा ८४ जना, रुपन्देही ८१, कास्की ७४, धनुषामा ६२, मकवानपुरमा ५२, चितवनमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै महोत्तरीमा ४७, झापामा ४०, काभ्रेपलाञ्चोकमा ३६, तनहुँमा ३२, कैलालीमा ३१, लमजुङमा ३०, दैलेख २१, गोरखामा २०, सिन्धुपाल्चोक र नवलपरासीमा १९, पर्सा र धादिङमा १५ जनामा संक्रमण भएको छ ।

सिराहा र अछाममा १४ जना, सर्लाही र नवलपरासी पूर्वमा १० जना, बारामा ९, सप्तरी, सिन्धुली, पाल्पा र डोटीमा ८ जना, बझाङमा ७ जना, स्याङ्जा र कञ्चनपुरमा ६ र उदयपुरमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

दोलखा, नुवाकोट, पर्वत र बैतडीमा ४ जना, इलाम, रामेछाप र डडेल्धुरामा ३, ओखलढुंगा, भोजपुर, रौतहट, अर्घाखाँची, बर्दिया, सुर्खेत र दार्चुलामा २/२, खोटाङ, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, मनाङ, म्याग्दी, बाग्लुङ, बाँके, मुगु र रुकुम पश्चिममा १/१ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Comment As:

Comment (0)