ओझेल भित्रका सचेतना अभियान
No icon

शुक्रबार काेराेनाका ४३९२ जना संक्रमित थपिए, २९ जनाकाे मृत्यु

असाेज ३०, शुक्रबार।

शुक्रबार देशभर थप ४ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयाेगशालामा गरिएकाे १६ हजार ५३१पीसीआर परीक्षणमा ४ हजार ३९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १३५ पुगेको छ ।

आज देशभर ३७ हजार ३८२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए । जसमध्ये संस्थागत आइसोलेसनमा १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ३ हजार ५२२ जना संक्रमण मुक्त भएका छन् । यसरी संक्रमण मुक्त हुनेको संख्या ८८ हजार ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २१ जना संक्रमितको निधन भएको छ। यससँगै नेपालमा संक्रमणका कारण निधन हुनेको संख्या ७ सय १५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

 

Comment As:

Comment (0)