रूपन्देहीमा काेराेनाका १५८ जना संक्रमित थपिए, बुटवल उपमहानगरकाे एक कर्मचारीको मृत्यु
कार्तिक १, शनिबार
रुपन्देहीमा पछिल्लाे २४ घण्टामा १५८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।आज थपिएसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या ४६८६ पुगेको स्थास्थ्य कार्यालयले दिएको जानकारी दिएकाे छ।
अाज बुटवल उपमहानगरमा ४५ जना, सिद्धार्थनगरमा ३९ जना, देवदह र सियारीमा ५।५ जना, रोहिणीमा ४ जना, कोटहिमाई र सैनामैनामा ३।३ जना तथा मायादेबीमा १ जना संक्रमित थपिएका छन्।
त्यसैगरी, कोरोना भाइरसको कारण बुटवल उपमहानगरपालिकाका एक जना कर्मचारीको मृत्यु भएको छ ।
असोज २७ गते कोरोना पोजेटिभ देखिएको उनी होम आइसोलेसनमा बसेका थिए । बुटवल कोरोना बिशेष अस्थायी अस्पतालमा आजै भर्ना भएका बुटवल उपमहानगरपालिका ८ कार्यालयमा कार्यरत ४९ वर्षका पुरुषको साझ ६ बजे मृत्यु भएको उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत चक्रपाणी शर्माले पुष्टि गरेका छन् ।
उनको उपचारमा सबै प्रक्रिया अपनाउंदा पनि बचाउन नसकिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
यससँगै जिल्लामा हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ ।
