ओझेल भित्रका सचेतना अभियान
No icon

मंगलबार देशभर थपिए ३०९३ जना काेराेना संक्रमित, २१ जनाकाे मृत्यु

कार्तिक ४, मंगलबार।

पछिल्लो २४ घण्टामा थप ३०९३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ८६१ नमुना परीक्षण गर्दा ११७४ महिला र १९१९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये ७६५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

९६ हजार ६०९ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २१०८ जना संक्रमणमुक्त भएका हुन् । देशभर ४१ हजार ७५५ संक्रिय संक्रमित छन् । १३ हजार ५५९ संस्थागत र २८ हजार १९६ होम आइसोलेसनमा छन् ।

उनीहरुमध्ये २७३ जनाका आईसीयू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ ।

Comment As:

Comment (0)