शुक्रबार काेेराेनाका २१११ जना संक्रमित थपिए, १३ जनाकाे मृत्यु
कार्तिक २८, शुक्रबार।
शुक्रबार कोरोनाभाइरसका २ हजार १११ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार हालसम्म नेपालमा २ लाख ६ हजार ३५३ जनालाई संक्रमण भैसकेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५३७ जना संक्रमित संक्रमण मुक्त भएका छन् ।
यस्तै, हालसम्म संक्रमण मुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ ।
शुक्रबार देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी, अाज १३ जनाको मृत्यु भएको छ। भने हालसम्म मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।
