ओझेल भित्रका सचेतना अभियान
No icon

शनिबार काेराेनाका १९४६ जना संक्रमित थपिए, १३ जनाकाे मृत्यु

२९ कात्तिक, शनिबार । बितेकाे  २४ घण्टामा थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ७५३ नमुना परीक्षण गर्दा ८१६ महिला र ११३० पुरुषमा गरी कुल १९४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार थपिएका सहित हालसम्म नेपालमा २ लाख ८ हजार २९९ जनामा काेराेना संक्रमण पुष्टि भएको छ ।

हालसम्म देशभर ३६ हजार ४५२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २७ हजार ७२० होम आइसोलेसनमा छन् भने ३७६ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

शनिबार २ हजार ५०३ जना संक्रमित संक्रमण मुक्त भएका छन् । याेसँगै देशभर १ लाख ७० हजार ६३२ जना संक्रमणमुक्त भएका छन्।

त्यसैगरी, पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म १ हजार २१५ जनाको संक्रमणकै कारण मृत्यु भएको छ ।

Comment As:

Comment (0)