साेमबार काेराेनाका ११९७ जना संक्रमित थपिए, हालसम्म १२३० जनाकाे मृत्यु
१ मंसिर, काठमाडौं ।
बितेकाे २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा ११९७ जनामा संक्रमण पुष्टि भएको स्होवास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
अाज थपिएसँगै हालसम्म कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुगेको छ ।
यस्तै, अाज थप २९४३ जना संक्रमण मुक्त भएका छन् भने १ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् ।
देशभर ३३ हजार ३७९ संक्रिय संक्रमित रहेका छन् ।
हालसम्म १२३० जनाको मृत्यु भइसकेको छ।
