शनिबार काेराेनाका १६७४ जना संक्रमित थपिए, थप ७ जनाकाे मृत्यु
६ मंसिर, शनिबार।
शनिबार नेपालभर कोरोना भाइरसका थप १ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ८ हजार १४४ पीसीआर परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुष गरी सासे संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
याेसँगै हालसम्म २ लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भैसकेको छ ।
शनिबारसम्म सक्रिय संक्रमितको संख्या २४ हजार ९ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।
शनिबार निको हुनेको संख्या २३२३ रहेको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेहरु १ लाख ९३ हजार ३२५ पुगेका छन् ।
पछिल्लो २४ घण्टामा ७ जना संक्रमितको मृत्यु भएको छ । देशभर १३ सय ५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ
