साेमबार काराेनाका १४७४ जना संक्रमित थपिए, थप २९ जनाकाे मृत्यु
१५ मंसिर, सोमबार।
पछिल्लो २४ घण्टामा काेराेनाका थप १ हजार ४७४ जनामा संक्रमण पुष्टि भएका छन् । देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा साे संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
हालसम्म संक्रमित हुनेको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । जसमध्ये २ लाख १४ हजार ५२१ जना संक्रमित निको भैसकेका छन् । भने पछिल्लो २४ घण्टामा मात्रै १ हजार ९३१ जना डिस्चार्ज भएका छन् ।
देशभर अझै १७ हजार ४२३ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै ५३५ जना क्वारेन्टिनमा रहेका छन् ।
त्यसैगरी, पछिल्लाे २४ घण्टामा कोरोना भाइरसका कारण थप २९ जनाकाे मृत्यु भएको छ । यो मृत्यु एकैदिनमा सबैभन्दा धेरै मृत्यु हो । यससँगै नेपालमा कोरोनाबाट हुने मृत्यु दर पनि बढ्दै गएको छ । यसैगरी मन्त्रालयको तथ्यांक अनुसार हालसम्म १ हजार ५०८ जनाको मृत्यु भएको छ ।
