ओझेल भित्रका सचेतना अभियान
No icon

बुधबार काेराेनाका १०५६ जना संक्रमित थपिए, थप १४ जनाकाे मृत्यु

२४ मंसिर, बुधबार। बितेकाे २४ घण्टामा नेपालमा काेराेनाका थप १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयाेगशालामा ६२८६ जनामा गर्दा थप १०५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

यस्तै अाज १४८३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । याेसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ ।

 मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या १२२४५ रहेको छ । भने १४८३ जना संक्रमणमुक्त भएका छन्।

त्यसैगरी पछिल्लाे २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । याेसँगै हालसम्म १६५१ जना काेराेना संक्रमितले ज्यान गुमाएका छन् । 

Comment As:

Comment (0)