शनिबार काेराेनाका ८९९ जना संक्रमित थपिए, थप १५ जनाकाे मृत्यु
२७ मंसिर, शनिबार । बितेकाे २४ घण्टामा नेपालभर थप ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ५ हजार २४२ नमुना परीक्षण गर्दा ८९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ३५९ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।
देशभर २ लाख ३४ हजार २३१ जना निको भैसकेका छन् । भने, देशभर ११ हजार ६७३ सक्रिय संक्रमित छन् ।
हाल देशभर ११ हजार ६७३ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
शनिबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेकाे छ। यससँगै कुल मृतकको संख्या १ हजार ६८९ पुगेको छ ।
