आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा
असाेज ६, मंगलवार
हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ रहेको छ । साथै यो न्युन चापिय क्षेत्र पश्चिम (उत्तरपश्चिम) सर्दैछ । आज देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केहि स्थानहरुमा हावाहुरिको सम्भावना रहेको छ ।
हाल देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ भने केही स्थानमा भारी वर्षा भइरहेको छ ।
साथै माैसममा अझै केही दिन सुधार नअाउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
