हरकट्टामा श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ
जनता आधारभुत विद्यालय सुनवल १२ हरकट्टा पश्चिम नवलपरासीको आयोजनामा सुरु भएको श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह विराट ज्ञान महायज्ञ २०७६ शनिबार तेस्रो दिन पनि जारी रहेको छ । शनिबार तेस्रो दिनको विशिष्ट अतिथिको रुपमा स्थानिय समाजसेवी हरि नारायण श्रेष्ठ रहनुभएको थियो । महायज्ञमा शनिबार उल्लेख्य भक्तजनहरुको उपस्थिती रहेको थियो भने उक्त महायज्ञमा आज मात्रै ५ जना ले तुलादान गर्नुभएको साथै शालिकग्राम दर्शन समेत गरिएको र महायज्ञमा आज तस्रो दिनसम्ममा करिब ५ लाख भन्दा बढी रकम संकलन भएको यज्ञ मुल सम्पादन समिपितका महासचिव लुमाकान्त भुषालले जानकारी दिनुभएको छ । विं सं २०४८ सालमा स्थापना भएको जनता आधारभुत विद्यालयको अग्रेजी माध्यम र प्राविधिक शिक्षा सञ्चालनका लागी उक्त ज्ञान महायज्ञको आयोजना गरिएको र सो ज्ञान महायज्ञ पुस २ गतेसम्म बालब्यास पण्डित श्रीनारायण न्यौपाने कृष्ण चरणामृत जीको सगिंतमय कथा प्रबचन तथा झाकि सहित सञ्चालन हुने महायज्ञमा करिब ७० लाख संकलन गर्ने र २० लाख खर्च गरि ५० लाख बचत गरि बचेको रकमको ब्याजबाट विद्यालयलाई शैक्षिक गुणस्तरका लागी थप शिक्षकहरुको ब्यवस्था मिलाई पठन पाठन अगाडी बढाउने लक्ष्यका साथ काम गरिरहेको आयोजकले जनाएको छ ।सो महायज्ञको अफिसियल मिडिया सामुदायिक रेडिया दाउन्नेले महायज्ञमा हरेक दिन प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
