के हामी हाम्रो समयको ख्याल राखेका छौ रु
समय के हो ?
- कुनै पनि कार्य निश्चित गरिएको समय भित्र शुरु गर्ने र समापन गर्ने ।
- खास योजना वा कार्यक्रम सन्चालन गर्न व्यवस्थित रुपमा बा“डफा“ड गरिएको समय विवरण, समय–सारिणी आदि ।
समयको महत्वः
परापूर्वकाल देखि नै मानिसले समयको महत्वलाई उच्चतम् स्थानमा राखेका छन् ।
मानिसले समयलाई विभिन्न रुपमा मापन गर्दै आएका छन् ।
भा“डोमा पानी राखि पिंधमा सानो प्वालपारी प्वाल बाट झर्ने पानीको थोपाको समय, हातको रौं, सूर्यको उज्यालो, छा“या आदिबाट समयको मापन हुन्थ्यो ।
आधुनिकयुगमा त प्राय सबैसंग समय मापन गर्ने उपकरण रहेको पाईन्छ ।
समयको मापन किन गर्न प¥यो त ?
समय बलबान हुन्छ, समयलाई कसैले रोकेर रोकिंदैन । समयको आफ्नै गति हुन्छ । यो न त मानिसले रोक्न सक्छ न त प्रकृतिले नै । समय पैसा पनि हो । समयकै सदुपयोगले पैसा आर्जन गर्न सकिन्छ ।
के हामीले समयको सदुपयोग कसरी गर्ने र यसको महत्व के हो भन्ने कुरा बुझेका छौं त ? हो हामीहरुले केहि हदसम्म अवश्य बुझेका छौं तर राम्रो संग बुझेका पनि छैनौं र बुझ्न पनि कोशिस गरेका छैंनौं कारण किन ?
हाम्रो अल्छिपन आफ्नो दोष लुकाई अरुको दोष मात्र देख्नु, आफुले आफुलाई चिन्न नसक्नु र आफु प्रति फर्केर हेर्ने बानी नपर्नु ।
हामी देशको समृद्धि चाहिरहेका छौं र बोली रहेका छौ समृद्धि समृद्धि समृद्धि । समृद्धि त आँफै फुत्त अगाडी आउने चिज त हैन । देश समृद्धि बनाउनका लागि बोलेर मात्र त हुँदैन काम गर्नुपर्छ । काम गर्नका लागि समयको महत्व, समयको उपयोग र प्राप्त प्रतिफलको उचित व्यवस्थापनको खाँचो पर्दछ । धेरै बोलेर, धेरै फलाकेर मात्र त काम सम्पन्न हुन्न । प्रत्यक्ष काममा संलग्न भै काम गरिसकेपछि मात्र प्रतिफल आउने होला नी रु किन यति छर्लङ्ग हुने कुराहरु हामी बुझ्न कोशिस गर्दैनौ ।
समय कति बलवान हुन्छ भन्ने कुरा हामीले बुझेका छौ जस्तो लागेको छ त रु हामीले आँफैले आँफैलाई आत्मसाक्षि राखि गहिरोगरी मुल्याङ्कन गरी हेरौ त समय के रहेछ र के हो । कुरा गर्दा, भन्दा,बोल्दा र प्रत्यक्ष काम गर्दाको नतिजा हेरौ त समय के रहेछ । ध्यर्य संगबुझौ, पढौं र काम गरौं तव मात्र समयको महत्व बुझ्न सकिन्छ । देश समृद्धीमा लग्नका लागि समयको महत्व बुझ्नु अनिवार्य हुन्छ । नचाहीदो लामो र पट्याट् लाग्ने भाषणमा समय खर्च गर्नु आजको आवश्यकता हैन । आफ्नो र नागरिकको समय अनउत्पादन कार्यमा खर्च गर्नु देशको लागि हानिकारक हुनेछ । अति महत्व पूर्ण कुराहरुमा मात्र समय खर्च गर्नु उचित हुने छ । सकेसम्म धेरै समय विभिन्न किसिमको उत्पादन कार्यमा खर्च गर्न सिके र सिकाउन कोशिस गरे कति राम्रो हुन्थ्यो होला ।
साधारणतया तालिम, बैठक, सभा सम्मेलन, कार्यशाला गोष्ठी, अधिवेसन, समारोह आदीमा भाग लिंदा देखिने र भोगिने कुराहरु हेर्दा देख्दा र भोग्दा अचम्म लाग्दा हुन्छन् । आयोजकले तोकेको समय भन्दा आधा घण्टा देखि दुई चार घण्टा पछि कार्यक्रम सुरुहुँदा कति छट्पटी हुन्छ होला तोकेको समयमा उपस्थित भएका नागरीक वा सदस्यहरुलाई । अधिकांश ठाउँहरुमा यस्तै देखिन्छ । हामी कहिले सुध्रिने होला । समयलाई नबुझ्दा धेरै मानिसको समय एक दुई जना जिम्मेवार सदस्य वा अथितीको कारणले वर्बाद भैरहेको पाइन्छ । यदि तोकेको समयमा सुरु गर्ने र तोकिएकै समयमा अन्त्य गर्ने परिपाटी बसाल्न सके मानिसको समय अन्य उत्पादनमुलक काममा खर्च गर्न सकिन्थ्यो र देश विकासमा सघाउन सकिन्थ्यो तर अभैm हामीहरुको चेत खुलेको छैन । कार्यक्रम ढिलो सुरु गर्ने अनि बोल्न पाए पछि लङ्का हाक्ने,छेउन टुप्पाको लामोलामो भाषण छाट्ने आर्को वक्ताले पालो नपाउने । पालो पाए पछि आर्को वक्ताले पनि त्यहि कुरा दोहोरायर बोल्ने अनि समय खर्च गर्ने श्रोताहरुले हाईकाड्दै सुन्न बाध्यहुनु पर्ने कस्तो विडम्वना नबुझेपनि सुन्दीनु पर्ने ।
कहिलेकाँहि यस्तो पनि देखिन्छ अथिति वा जिम्मेवार व्यक्ति आँफै ढिलो आउने अनि अनेक ठाउँमा जानुछ तसर्थ बोल्ने पालो छिटो दिनुहोस भनि आयोजक संग माग गर्ने र बोल्न सुरु गर्ने र भन्ने मेरो कार्यक्रम धेरै ठाउँमा छ छिटै जानु छ धेरै बोल्दीन भन्ने शब्दबाट सुरुगर्ने अनि सम्बोधन गर्दाबाटै लम्मेतान र फूलबुटा भरि सम्बोधन गर्ने र अन्य अथितीको साखिलो बन्न खोज्ने अनि समय गएको होसै नपाउने । अनिफेरि भाषण गर्ने स्तुति गाउने आफ्नो समय खर्चिएको ख्यालै नगर्ने र फेरि भन्ने मैलेसमय धेरै लिन्न भन्ने फेरी भाषणमा मस्त रहन े। यसरी आफ्नो समय त गयो गयो अरुहरुको समय समेत खर्चिने बानीले हाम्रो समाज आक्रान्तित भएको छ । यो पनि बुझ्नु पर्दछ कि मेरो कारणले आर्को ठाउँको कार्यक्रममा पनि ढिलो भएको छ र त्यहाँका आयोजक, जम्मा भएका नागरिकहरुको पनि समय खेर गै रहेको छ । यसरीत देशको समृद्धीमा टेवा पुग्दैन । चाहिंदा कुराहरु राखि छोटो,मिठो र सान्धर्भिक विषयमा आफ्ना भनाई राख्नुपर्ने हुन्छ । श्रोताहरुको हावभाव, सुनेनसुनेको बुझेनबुझेको अबस्था हेरी कुरा राख्नु पर्नेमा आफ्नै कुरा मात्र रतरत्ती राखि समय खर्चिनु किनपर्छ र रु समय बचत गर्न सकियो भने धेरै काम छिटो गर्न सकिन्छ ।
चीन, सिङ्गापुर, जापान, दक्षिण कोरिया, भियतनाम आदी देशहरुले छोटो समयमा विकासको फड्को मार्नु समयको उचित व्यवस्थापनले नै हो । बरिव १.५ अरव जनसंख्या रहेको विशाल देश चीनका राष्ट्रपति शी जिनपिंगले आफ्नो राष्ट्र विश्वको अग्रस्थानमा आउनुको मूख्यकारण समयको व्यवस्थापनमा
१) स्वअनुशान
२) स्वाभिमान
३) काममा प्रतिबद्ध
४) कडा परिश्रमी
र समयको महत्व बुझ्न सक्नुको कारणले नै प्रगति गर्न सकियको कुरा बतायका छन् ।
हामीले यो पनि बुझ्नै र सिक्नै पर्ने कुरा हा ेकि “नेपालीहरु धेरै कुरा गर्ने थोरै काम गर्ने “ यो भनाइ पनि विदेशिले घुमाउरो र कुटनितिक भाषामा भनेका छन् किन रु हाम्रो बानी यस्तै भएर त होलानी । हामीलाई अर्ति दिइरहेका छन् शुभचिन्तकको नाताले । कमसेकम केहीमा त सुधारगरौं । हामी चाहिने कुरामा किन संवेदनशिल हुन सकेनौ । हाम्रो समय नचाहिने कुरामा मात्र खर्चिन्छौ । आधा समय कुराकाट्ने र नकरात्कम कुरा सोच्ने, आफै अध्ययन नगर्ने, आर्काले हचुवाको भरमा बोलेको, लेखेको कुराहरुको विश्वास गरी राष्ट्र हाक्ने गफगर्दै समाजलाई अल्छी र कामचोर बनाउन तर्फ त लागेका छैनौरु बडो सोचनिय विषय भएको छ ।
ऐले त यस्तो पनि देखिन थाल्यो ििकसान परिवार,कारखाना वा कार्यालयमा काम गर्ने मजदुर, कर्मचारी,गृहिणी,शिक्षक आदी सबैलाई फेसबुकको लतले समय बर्वाद भएको पत्तै पाएका छैनौ । राष्ट्रको पैसा विदेशिने र समय खेरजाने । हामी मेहनती भन्दा सुविधा भोगि र अल्छी भएका त छैनौ । गम्भीर प्रश्न यहिं छ ।
चोट र घोंच पर्नेगरी बोलेको बोली र आर्कालाई हिर्काएको गोलि साथै बगेको खोला कहिलै पनि फर्कंदैन । समय पनि फर्कि आउँदैन । राज्य समृद्धी हुनका लागि विधिको शासन चाह्न्छि । शासन छ तर विधि तलबाट लागु गर्न खोजेर कहाँ हुन्छ र । विधिको शासन त माथिबाट कस्दै आउनु पर्दछ र राज्यसंचालनबाटै विधिको पालना हुनु पर्दछ तव मात्र विधिले समेट्दै जान्छ अनि देश समृद्धी तर्फ उन्मुख हुन्छ । त्यसैले पनि समय बलवान हुन्छ । समयले कसैलाई पनि पर्खि बस्दैन र कसैलाईपनि माया गर्दैन ,
समयको महत्वलाई कसरी उपयोग गर्ने ?
- थोरै बोल्ने धेरैगर्ने ।
- सम्पन्न काममा लागेको समयको विवरण राख्ने ।
- एक जनाले एकै समयमा गर्ने काममा धेरै जना र धेरै समय नलगाउने ।
- एक पटक गएर समपन्न हुने काममा पटक–पटक नजाने ।
- प्रभावकारी ढंगबाट काम गर्ने बानी बसाल्ने ।
सुन्नुहोस्, हेर्नुहोस, बुझ्नुहोस अनि काम गर्नु होस ।
गल्ति सुधार गर्ने तर पुन गल्ति नगर्ने ।
गल्ति स्वीकार गर्ने । गल्तीहरु हटाउने ।
अनावश्यक, अनाहक र फजुल गफ र अनउत्पादक कार्यमा समय खेर नफाल्ने ।
“मानिस केहि पनि हैन, उ समयको एउटा महत्वपूर्ण बाकस हो । पैसा भन्दा पनि समय बढि महत्वपूर्ण छ । समय आजकल आफ्नै अधिकारको लागि प्रतिष्पपर्धी अस्त्र भएको छ” ।
समय राम्रोसंग प्रयोग गर्न जानेमा खर्च घटाउन मद्दत गर्दछ ।
माथिका ब“ुदाहरु बाहेक अन्य कतिपय कारणले समयलाई राम्रो संग सदुपयोग गर्न सकिरहेका छैंनौं ।
तसर्थ सके सम्म समयको राम्रो सदुपयोग,राम्रो व्यवस्था गर्न सक्यौं भने र समयलाई चिन्न सक्यौं भने मात्र देश समृद्धीमा जाने छ ।
