ओझेल भित्रका सचेतना अभियान
No icon

तिनाउमा जडिबुटीसम्बन्धि तालिम सम्पन्न

पाल्पा,तिनाउमा रहेकाे जडिबुटी संरक्षण तथा उपयोग सहकारी संस्थाको आयोजना तथा विश्व खाद्य संगठन नेपाल र फेकोफन सामुदायिक वन उपभोक्ता महासंघ-नेपालको साझेदारीमा संचालित "फर्म तथा वन सुविधा परियोजना" अन्तर्गत तीन दिने सहकारी र सामुदायिक वनका सदस्यहरुका लागि दिगो वन ब्यवस्थापन र जडिबुटीजन्य बोट बिरुवाहरुको ब्यवस्थित कटाई सम्बन्धि तालिम सम्पन्न भएको छ ।

तालीमको सहजीकरण जडिबुटीविज्ञ तथा वातावरणविद् समीर ढुंगेल र परियोजना संयोजक अनन्त सिलवालले गर्नुभएको थियो ।

तालीममा तिनाउ गाउँपालिकामा रहेका १५ सामुदायिक वनका उपभाेक्ता प्रतिनिधिहरु तथा सहकारीका सदस्यहरु गरी ४२ जनाको सहभागीता रहेको थियो । सैद्धान्तिक ज्ञान, फिल्ड भिजिट तथा ब्यवहारिक सिकाइसहित तालिम सम्पन्न भएको थियो ।

जंगलमा रहेका तेजपात, तितेपाती, कडिपताजस्ता जडिबुटीहरुलाइ वर्षमा एकपटक मात्र गरिने कटाईलाई बैज्ञानिक तरिकाबाट २ देखि ३ पटक सम्म कटाई गर्न सकिने जस्ता बिषयहरु समेत छलफल भएको थियो । सहभागीहरुले जडिबुटीको उद्योग तथा तिलोतमा सामुदायिक वनमा प्रयाेगात्मक अभ्यास गरेका थिए । यो परियोजनाबाट उपभोक्ताहरु निकै उत्साहित भएको कुरा सहभागी नैना पुरीले बताइन् ।

संस्थाका अध्यक्ष गोबिन्द पाण्डेय, वडा अध्यक्ष चित्रबहादुर थापालगायतको सहभागीता रहेको तालिमले एक महिनाभित्र नै १५ वटा सामुदायिक वन र सहकारीबीचमा अन्तरकृया राखेर संयुक्त कार्ययोजना तयार गर्ने निर्णय गरेको छ ।

तालिमकै अवसरमा तेजपात र तितेपाती तिप्ने विधि, पुदिना र तुल्सी आदिको रोपण गर्ने ब्यबहारिक अभ्यास गराईएकाे थियो ।

Comment As:

Comment (0)