
कोरोना भाइरसले पाँच महिना धकेलिएको विश्वकै महँगो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० सेप्टेम्बर १९ शनिबारदेखि सुरु भइसकेकाे छ। भारतमा कोरोना संक्रमण लगातार बढेपछि सिजनको आइपिएल युएईमा भएकाे छ। दुबई, सारजाह र अबुधावीमा हुने खेलका दौरान रंगशालामा दर्शकलाई प्रवेश निषेध गरिएको छ।
१३ औँ सिजनको अाज सम्म आइपिएलका ४ खेल भइसकेका छन्। जसमा पहिलो खेल शनिबार मुम्बई इन्डियन्स र चेन्नई सुपरकिंग्सबीच भएकाे थियाे। जुन खेल चेन्नईले ५ विकेटले जित हाता पारेकाे थियाे।
यसैगरी दाेस्राे खेल पञ्जाब र दिल्ली बिच भएकाे थियाे। जुन खेल दिल्लीले सुपर अाेभर मार्फत जितेकाे थियाे। भने तेस्राे खेल अारसिबी र हैदराबाद बीच भएकाे थियाे। जुन खेल अारसिबीले जितेकाे थियाे।
हिजै सम्पन्न भएकाे चाैथाे खेलमा चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा शानदार सुरुवात गरेको छ । यूएईको शारजाहमा खेलिएको खेलमा राजस्थानले प्रस्तुत गरेको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले ६ विकेट गुमाएर २ सय रन मात्र बनाउन सक्यो ।
राजस्थानको जीतमा सैमसनले ३२ बलमा ७४ रनको विस्फोटक पारी खेले साथै कप्तान स्टिभ स्मिथले पनि ४७ बलमा ६९ रन बनाए, अन्त्यतिर जोफ्रा आर्चरले ८ बलमा चार छक्का सहित २७ रनको योगदान दिए । जसकाे मद्दतले राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १६ रन बनायाे।भने तेवतियाले चेन्नईका तीन महत्त्वपूर्ण विकेट लिए ।
लक्ष्य पछ्याउन उत्रेको चेन्नईलाई ३३ रन बनाएका शेन वाटसन र २१ रन बनाएका मुरली विजयीले राम्रो शुरुवात दिलाए । तर, सातौँ ओभरमा तेवातियाले वाटसनलाई आउट गरे । आफ्नो दोस्रो ओभरको अन्तिम दुई बलमा सैम करण र रितुराज गायवाडलाई आफ्नो निशाना बनाए पछि खेल राजस्थानको पक्षमा पुगेको थियो ।
आजकाे पाँचौं खेल कोलकात्ता नाइट राइडर्स र मुम्बइ इन्डियन्सबीच शेख जायद स्टेडियम अबुधाबीमा ७ः४५ बजे सुरू हुनेछ ।