Hamro Goreto
रोयल च्यालेन्जर्स बैंग्लुरुकाे दाेस्राे जित, मुम्बई इन्डियन्स सुपर ओभरमा पराजित
Monday, 28 Sep 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

असाेज १३, मंगलबार।

युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटकाे १० औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरुले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । आईपीएलको इतिहासमा पहिलो पटक २ सयभन्दा बढी रन बनाएर पनि खेल बराबरी भयो। याेसँगै रोयल च्यालेन्जर्स बैंगलोरले दोस्रो जित हात पारेको छ।

गएराति दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गर्दै बैंग्लुरुले ३ विकेटको क्षतिमा २ सय १ रन बनायो । बैंग्लुरुका लागि एबी डिविलियर्सले ५५, देवदत्त पडिक्कलले ५४ ,एरोन फिन्चले ५२ काे अर्धसत्किय पारी खेले भने, कप्टान विराट काेहाेलीले मात्र ३ रन र शिवम डुबेले २७ रनकाे पारी खेले। मुम्बईका ट्रेन्ट बोल्टले २ तथा राहुल चाहरले १ विकेट लिए ।

बैंगलोरले दिएको २ सय २ रनको लक्ष्यसहित ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । मुम्बईका लागि इशान किशनले ९९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै केइरन पोलार्डले अविजित रहदै ६० रन बनाए । मुम्बइका लागि कप्तान रोहित शर्माले ८ रन, हार्दिक पाण्डय र क्विनटन डी कक समान १४ रनमा आउट भए । भने, केरन पोलार्डले ६० र ईशान किशनले ९९ रनकाे पारी खेले। रोयल च्यालेन्जर्स बैंग्लुरुका लागी एडम जाम्पा, वासिंगटन सुन्दर र युजभेन्द्र चाहलले १,१ विकेट लिए ।

तर, अन्त्यमा बराबरी भएपछि खेल सपुर ओभरमा पुग्यो । सिजनको दोस्रो सुपर ओभरमा रोयल च्यालेन्जर्स बैंग्लुरुकाे नन्दीप सैनीले उत्कृष्ट बलिङ गर्दाै मुम्बइका हार्दिक पाण्डेयलाइ अाउट गर्दै मात्र ७ रन दिए । ८ रनकाे लक्ष्य  पाएकाे  रोयल च्यालेन्जर्स बैंग्लुरुले विराट कोहली र एबी डिविलियर्सकाे जाेडीले सजिलै पछ्याए।

 यो जितसँगै बैंगलोरले ३ खेलमा ४ अंक जोडी तालिकाकाे तेस्राे स्थानमा उक्लिएको छ ।