
असाेज १६, शुक्रबार।
युएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटकाे १३औँ खेल गएराति मुम्बई इन्डियन्स र किंग्स इलेवन पञ्जाबबिच भएकाे थियाे। बिहीबार सम्पन्न उक्त खेलमा मुम्बई इन्डियन्सले किङ्स इलावेन पञ्जावलाई ४८ रनले पराजित गरेको हो ।
अबुधाबीमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाए शर्माले ४५ बलमा ३ छक्का र ४ चौकाको सहयोगमा ७० रन बनाए । यस्तै, इशान किशनले २८ रनको योगदान दिए । खेलको अन्त्यतिर मुम्बइका अलराउन्डर किरोन पोलार्ड र हार्दिक पाण्ड्याले आक्रामक पारी खेले । उनीहरुले २३ बलमा ६७ रनको अर्धशनकीय साझेदारी गरे । पोलार्ड ४१ र पाण्ड्या ३० रनमा नटआउट रहे ।
पञ्जावका शेल्डोन कोटरेल, मोहम्मद शामी र कृष्णप्पा गौतमले समान १-१ विकेट लिए ।
मुम्बईले दिएकाे १ सय ९२ रनको लक्ष्य पच्छ्याउने क्रममा पञ्जावले २० ओभरमा १ सय ४३ रन मात्र बनाउन सक्यो । पञ्जावका निकोलास पूरनले सार्वधिक ४४ रन, मयंक अग्रवालले २५ रन, कृष्णप्पा गौतमले २२ रन,केएल राहुलले १७ तथा ग्लेन म्याक्सवेलले ११ रनको पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
पञ्जावलाई राेक्ने क्रममा मुम्बइका जसप्रीत बुम्राह, राहुल चाहर, जेम्स प्याटिन्सनले समान दुई दुई तथा ट्रेन्ट बोल्ट र क्रुणाल पाण्ड्याले १-१ विकेट लिए ।
जितसँगै मुम्बइ लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ४ अंक रहेपनि रनरेटका आधारमा मुम्बइ पहिलो, दिल्ली दोस्रो र कोलकात्ता तेस्रो स्थानमा रहेको छ । मुम्बइसँग पराजित भएको पञ्जाव २ अंकसहित छैटौं स्थानमा रहेको छ ।