Hamro Goreto
शनिबार काेराेनाका ३१६७ जना संक्रमित थपिए, १९ जनाकाे मृत्यु
Friday, 16 Oct 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

कार्तिक १, शनिबार।

काेराेना भाइरसकाे कारण अाज देशभर ३ हजार १६७ जना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे १६ हजार ५९८ नमुना परीक्षणमा १२३३ महिला र २४२७ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार देशभर ३६ हजार ५३३ सक्रिय संक्रमित छन् । ३१४ जनाको आईसीयू र ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, १ हजार ८ सय जना संक्रमण मुक्त भएर घर फर्केका छन् । आज घर फर्केकाहरु समेत गरि नेपालमा निको हुने ८९ हजार ८४० रहेका छन्। भने, पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५६४ जना संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी, कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । याेसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।