Hamro Goreto
साेमबार देशभर काेराेनाका ३७९० संक्रमित थपिए, १२ जनाकाे मृत्यु
Sunday, 18 Oct 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

कार्तिक ३, साेमबार।

अाज काेराेनाका थप ३७९० जना संक्रमित थपिएका छन्। देशभरका विभिनन प्रयाेगशालामा गरिएकाे १५ हजार ७१४ पीसीआर परीक्षणमा ३ हजार ७९० जना संक्रमित थपिएकाे  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै हालसम्म कुल संक्रमितको संख्या १ लाख ३६ हजार ४६ पुगेको हो ।

सोमबार सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ । उनीहरुमध्ये २६ हजार ९२७ होम आइसोलेसनमा छन् । २८२ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा मात्र २३३५ जना संक्रमणमुक्त भएका हुन् । 

त्यसैगरी, अाज थप थप १२ जनाको मृत्यु भएको छ ।