Hamro Goreto
बुधबार काेराेनाका १४९० जन संक्रमित थपिए, ९ जनाकाे मृत्यु
Tuesday, 01 Dec 2020 23:30 pm
Hamro Goreto

Hamro Goreto

मंसिर १७, बुधबार।

बुधबार कोरोना भाइरसका थप १ हजार ४९० नयाँ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले आयोजना गर्ने बुधबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले १ हजार ४९० जनालाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ३६ हजार २४६ जनामा संक्रमण भएको छ ।

जसमध्ये २ लाख १८ हजार १६१ जना संक्रमण मुक्त भएका छन् । १ हजार ५३८ जनाको मृत्यु भएको छ । अझै पनि १६ हजार ५४७ जना संक्रमित आइसोलेसनमा रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार बुधबार ९ जनाको मृत्यु भएको छ भने १ हजार ५६७ जना निको भएका छ