
२५ मंसिर, बिहीबार। बितेकाे २४ घण्टामा नेपालभर थप १२१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयाेगशालामा ७२३२ जनाको पीसीआर परीक्षण गर्दा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
योसँगै संक्रमितको कुल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १०६४ रहेको छ । हालेसम्म निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । भने, देशभर १२ हजार ३८६ सक्रिय संक्रमित रहेका छन् ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै काेराेनाका कारण नेपालमा मृत्यु हुनेको संख्या १ हजार ६६२ पुगेको मन्त्रालयले जनाएको छ।