Hamro Goreto
एम.जी. क्लबले ३९औ मगर एकता दिवशको पुर्वसन्ध्यामा   १४ गते भव्य कार्यक्रम सञ्चालन गर्दै 
Monday, 22 Feb 2021 00:00 am
Hamro Goreto

Hamro Goreto

बुटवल उपमहानगरपालिका ११ एम.जी. क्लबले ३९औ मगर एकता दिवशको पुर्व सन्ध्यामा यही फागन १४ गते शुक्रबारका दिन मगर मौलिक खानाको साथै व्यवसायीक भेटघाट कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा नेपाल मगरसंघ केन्द्रिय उपाध्यक्ष दल बहादुर विरकट्टा मगरको प्रमुख आथित्यता रहनेछ भने उपस्थित महानुभावहरुलाई  भरपुर मनोरञ्जनका लागि राष्टिय कलाकार देवी घर्तीमगर र विक्रम रानाको घमासान दोहोरी प्रस्तुतिका साथै रुपा घर्ती र विष्णु सिंजालीको बेजोड प्रस्तुति लगायत स्थानीय कलाकारहरुको सास्कृतिक कार्यक्रम पनि रहने आयोजक टिमले जानकारी दिएका छन् । 

कार्यक्रम स्थानः   ति.न.पा. ३ योगीकुटी द दरबार लन ।

समयः दिउसो २ बजे देखि बेलुका ८ बजेसम्म 
 आयोजकः एम.जी. क्लब, बुटवल ११