Hamro Goreto
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस को कन्चन गाउँ पालिका उपाध्यक्ष बाट शुभकामना महिलाको हक हित को लागि सबै एक हुनुपर्ने भनाइ
Sunday, 07 Mar 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

कन्चन गाउँ पालिका उपाध्यक्ष गोमा तरामुले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।

एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधानले व्यवस्था गरेनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको उल्लेख गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीलाई  सुख, शान्ति र समृद्धिका लागि  हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
आज कन्चन गाउँ पालिका मा आयोजना गरिएको  महिला दिवस को कार्यक्रममा कन्चन गाउँ पालिका भित्र का सबै महिला दिदिबहिनी उपस्थित भएर एक आपसमा सुखदुःख साटासाट र नारि दिवस मनाउन उपस्थिति हुन समेत अनुरो गर्नु भएको छ उहाँ ले घर भित्र चुलो चौको मात्रै महिला ले अधिकार नपाउने भन्दै सबै  महिला दिदिबहिनी आफ्नो हक हित को लागि सहि बाटोमा लाग्नु पर्ने बताउनु भयो हाम्रो गाउँ पालि भित्र कुनै त्यस्तो महिला माथी अपराध भैहालेमा आफुहरुले महिला हरुलाइ न्याय दिनेर पछी लो घटनाक्रम ले साना बालिका हरु बलात्कार सिकार भएको भन्दै यो कुरोमा संघीय सरकारले बिचार गर्नुपर्ने बताउनु भयो
संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धिलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरेको उपाध्यक्ष तरामु ले स्मरण गर्नुभएको छ ।
उपाध्यक्ष ले  भन्नुभएको छ, “यस दिवसले हामी सबैलाई महिलाहरूको हक, अधिकार र सम्मानप्रति पूर्ण संवेदनशील भई लैङ्गिक समानताका लागि क्रियाशील सम्पूर्ण अधिकारकर्मीलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।”