Hamro Goreto
महिलाको विभिन्न रोग तथा क्यांसर सम्बन्धी स्वास्थ्य परिक्षण कार्य सम्पन्न 
Sunday, 11 Apr 2021 00:00 am
Hamro Goreto

Hamro Goreto


रामु भुषाल,
पञ्चनगर महिला कल्याण कृषी सहकारी सस्था बर्दघाट ९ को आयोजना तथा बर्दघाट नगरपालिका र वडा नम्बर ८, ९ र ११ को आर्थिक सहयोग तथा विपि कोइराला मेमोरियल क्यासंर अस्पताल चितवनको प्राविधिक सहयोगमा शनिबार महिलाको स्तन र पाठेघर क्यासंर परिक्षण तथा शरिरको अन्य भागको क्यांसर सम्बन्धी परिक्षणको लागी एक दिने निशुल्क स्वास्थ्य शिविर भुतहामा सम्प्न्न भएको छ । सस्थाकी अध्यक्ष लोमा कुमारी खनाल बाग्लेको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बर्दघाट नगरपालिका लगाएत आसपासका क्षेत्रका महिला तथा पुरुषहरुको क्यासंर तथा अन्य रोग सम्बन्धी स्वास्थ्य परिक्षण गरिएको थियो । अस्पतालका निर्देशक डाक्टर देज कुमार गौतमको नेतृत्वमा रहेको ३५ जना स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य परिक्षण गरेको हो । परिक्षणको क्रममा ६ सय बढी महिला पुरुषहरुको स्वास्थ्य परिक्षण गरिएकोमा पाठेघर खस्ने, पाठेघरको संक्रमण, छातिमा समस्या, नाक, कान, घाटीको समस्या लगातका विरामीहरु फेला परेको र स्वास्थ्य परिक्षण पश्चात ती विरामीहरुलाई बर्दघाट नगरपालिका स्वास्थ्य शाखाको सहयोगमा प्रारम्भिक औषधी समेत निशुल्क वितरण स्वास्थ्य चौकी पञ्चनगरका प्रमुख बाबुराम तिमिल्सिनाले जानकारी दिनुभएको छ । स्वास्थ्य परिक्षणका क्रममा क्यासंर सम्भावित विरामीहरुलाई क्यांसर अस्पताल चितवनले ५० प्रतिशतको छुटमा अपरेशन लगाएत औषधिउपचार गरिदिने र ती विरामीहरुलाई अस्पताल सम्मको यातायातको ब्यवस्थापन पञ्चनगर महिला कल्याण कृषी सहकारी सस्थाले गरिदिने सस्थाकी अध्यक्ष लोमा बाग्लेले जानकारी दिनुभयो ।