Hamro Goreto
शुक्रबार काेराेनाका थपिए १७५६ जना संक्रमित, थप २३ जनाकाे मृत्यु
Thursday, 02 Sep 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

पछिल्लो २४ घण्टामा देशभरमा काेराेनाका  थप १ हजार ७५६ जनामा संक्रमित पुष्टि भएको छ। भने थप २३ जनाकाे मृत्यु भएकाे छ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ हजार ३३४ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा ९ हजार ७७३ जनाको पिसिआर र ४ हजार ५६१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, २ हजार २७४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। यस संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ।

हाल सक्रिय संक्रमित ३३ हजार ६ छन्। यसैगरी हालसम्म निको हुनेको दर ९४.३ प्रतिशत रहेको छ।