Hamro Goreto
मनोरन्जन क्षेत्रका महिला श्रमिकका लागि सेनेटरी प्याड वितरण
Monday, 29 Nov 2021 23:30 pm
Hamro Goreto

Hamro Goreto

 

बुटवल, महिलाका लागि महिला मञ्च नेपालले शनिबार बुटवलमा मनोरन्जन क्षेत्रमा काम गर्ने महिला श्रमिकका लागि सेनिटरी प्याड लगायत प्राथमिक उपचारको सामग्री वितरण गरेको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत बुटवल मा संचालित दोहोरी साझ डान्स बार स्पा मसाज रेस्टुरेन्ट मा कार्यरत महिला श्रमिक महिलाहरुलाई महिनावारी हुँदा सहज रुपमा सेनेटरी प्याडको व्यवस्था तथा अन्य प्राथमिक उपचारको व्यवस्था सहज रुपमा होस भन्ने उदेश्यले दोहोरी साँझका संचालक तथा प्रतिनिधिमार्फत सेनिटरी प्याड लगायत प्राथमिक उपचारको सामग्री प्रदान गरिएको हो ।

कार्यक्रममा हिमचुली दोहोरीका संचालक रेशम थापा, खस्योली रोधी क्लवका खिम सापकोटा, गोधुली रोधी घरकी प्रतिनिधि संगिता चितौरे र देउराली दोहोरी साँझका प्रतिनिधि लालमाया थापालाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै लोक तथा दोहोरी गित प्रतिष्ठान लुम्विनी प्रदेशका उपाध्यक्ष नारायण विपि परियारले रात्रीकालिन व्यवसाय तथा श्रम अन्य व्यवसाय भन्दा जटिल रहेको त्यसैमाथि महिला श्रमिकमा लागि झनै समस्यापुर्ण रहेको भन्दै यस्तो अवस्थामा महीलाहरु आफै संगठित भएर आफ्नो सुरक्षा र हकअधिकारको लागि आवाज उठाउनु सह्रानीय कार्य भएको भन्दै प्रसंसा गरे ।

महिलाका लागि महिला मञ्च नेपालकी केन्द्रिय सदस्य पहिचान संजालकी केन्द्रिय संयोजक विष्णु श्रीपालीले महीला श्रमिकमाथि हुने विभिन्न विभेद, दुव्र्यहारको विरुद्ध आवाज उठाउदै आफ्ना हक अधिकारको सुनिश्चितताका लागि महिलाका लागि महिला मञ्च नेपालको स्थापना भएको र संस्थाले उदेश्यअनुरुप देशैभर काम गर्दै आइरहेको बताईन । महिनावारी प्राकृतिक प्रक्रिया भएको सुरक्षित महिनावारी हामी सबैको जिम्मेवारी भन्ने मुल नारासहित महीला श्रमिकलाई महीनावारीले आफ्नो काममा वाधा नपु¥यायोस भन्ने उदेश्यले सबै दोहोरी साँझहरुको प्याड तथा अन्य औषधि सहितको बाकस हस्तान्तरण गरिएको बताइन ।

 

कार्यक्रममा महिलाका लागि महिला मञ्च नेपाल, रुपन्देहीको संयोजक शकुन्तला गैरे, सचिव आरती रुचाल, केन्द्रिय सदस्य कसुम परियार, बुटवल महिला सञ्जालकी सदस्य संगिता चितौरे,  लगायतले रात्रीकालिन काम गर्दा ग्राहकहरुसंग अपमानित तथा दुव्र्यहार सहनुपरेको अनुभव सुनाउदै यही दुव्र्यहार र अपमानका विरुद्ध आवज उठाउने उदेश्यका साथ संगठित हुनुपरेको बताएका थिए ।

कार्यक्रममा महिलाका लागि महिला मञ्च नेपाल, रुपन्देहीको कार्यसमितिलाई स्वागत तथा सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा प्रतिष्ठान रुपन्देहीका प्रथम उपाध्यक्ष विजय सापकोटा, कोषाध्यक्ष संजय सौगात, खस्यौली रोधीका संचालक खिम सापकोटा लगायतले उनीहरुलाई खादा तथा माला लगाएर सम्मान गरेका थिए । बुटवल ९ इटाभट्टी स्थित हिमचुली दोहोरी साँझमा भएको कार्यक्रम  मन्चकी केन्द्रीय सदस्य श्रीपालीको संयोजकत्वमा भएको थियो ।