Hamro Goreto
त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै, फाइनल खेल्न जित्नैपर्ने दबाब
Thursday, 29 Feb 2024 23:30 pm
Hamro Goreto

Hamro Goreto

काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै छ ।खेल त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलत जारी सिरिजमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ ।  घरेलु मैदानमा यसअघिका दुई खेल हारेको नेपाललाई बाँकी दुवै खेल जित्नैपर्ने दबाब छ । फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियालाई पराजित गर्नुपर्ने हुन्छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पाजित भएको थियो भने नेदरल्याण्ड्ससँग २ रनले स्तब्ध भएको थियो । आज यदि नेपाल पराजित भएमा फाइनल खेल्ने सम्भावना सकिने छ । तर, आज जित निकालेमा शनिबार नेदरल्याण्ड्सविरुद्ध पनि जितकै प्रतीक्षा हुने छ । 

जारी सिरिजको समूह चरणको अन्तिम खेलमा भने आइतबार नेदरल्याण्ड्स र नामिबिया दोस्रो पटक भिड्ने छन् । फाइनल खेल मंगलबार हुने छ ।

२०२४ को जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी-२० विश्वकपको तयारीका क्रममा यो शृंखला खेल्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स टी-२० विश्वकपमा छनोट भएका छन् ।