Hamro Goreto
त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्दै, खेल निकै रोचक हुने अनुमान
Tuesday, 05 Mar 2024 00:00 am
Hamro Goreto

Hamro Goreto

काठमाण्डाैंमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेल आज नेपाल र नेदरल्यान्ड्सबीच हुँदैछ । उक्त खेल बिहान साढे ११ बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

आइतबार खेल वर्षाले प्रभावित बनाएपछि नामिबिया र नेदरल्यान्ड्सले एक/एक अङ्क बाँडेका थिए । यो खेलपछि फाइनलको समीकरण तयार भएको हो । यो खेलबाट १ अंक पाएको नेदरल्यान्डस ५ अंकका साथ फाइनल पुगेको हो । नेपालले भने यसअघि नै फाइनलमा स्थान बनाइसकेको थियो ।

 ४ खेलपछि नेदरल्यान्ड्स ५ अङ्कसहित शीर्ष स्थानमा रह्यो। नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा छ । नामिबिया ३ अङ्कसहित तेस्रो स्थानमा सीमित बन्यो ।

शनिबारको खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको नेपालले फाइनलमा स्थान बनाएको थियाे । नेपालले सुरुवाती दुई खेल हारे पनि पछिल्ला दुई खेल लगातार जितेको थियो ।

टी-२० विश्वकपको तयारी स्वरुप खेलाइएको यो सिरिज जित्‍नका लागि आज दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रिनुपर्नेछ । नेपालले घरेलु मैदानको फाइदा उठाउन सक्नेछ भने नेदरल्यान्डस एसोसिएट राष्ट्रको बलियो टोली भएकोले फाइनल खेल निकै रोचक हुने अनुमान गर्न सकिन्छ ।