Hamro Goreto
युर्टन इन्टरनेशनले सप्ताहव्यापी कार्यक्रमसहित चौथो वार्षिक उत्सव मनाउदैं
Tuesday, 05 Mar 2024 00:00 am
Hamro Goreto

Hamro Goreto

अरूण दर्लामी मगर

युर्टन इन्टरनेशनलले चौथो वार्षिक उत्सव कार्यक्रम देशैभर सप्ताहव्यापी कार्यक्रमसहीत मनाउदै छ । युर्टन इन्टरनेशनल प्रालिले स्थापना भएको चौथो वर्षमा आइपुग्दा स्वदेशमै औधोगिकीकरण गरी आयात प्रतिस्थापन र निर्यात प्रवद्धन गर्ने शुरुवाती उद्देश्य अनुरुप मौरीजन्य वस्तुहरु जडिवुटीजन्य प्राकृतिक सुपर खाद्य वस्तु तथा कस्मेटिक्सको उत्पादन गरी आम जनमानसमा डाइरेक्ट सेलिङको माध्यमबाट बजारीकरण गरेको छ ।  

देशका करिब १५० भन्दा बढि प्रमुख शहरहरुमा विक्री केन्द्रहरु विस्तार गरेर देशैभरी सेवा सुचारु गरेको छ । युर्टन इन्टरनेशनल प्रालिले निरोगी बन्ने प्रमाणिक तरिकाहरु प्रयोग गर्दै नविन एवं व्यापारिक पद्दति डाइरेक्ट सेलिङ सदुपयोग गरी सम्पूर्ण मानव जातिलाई स्वस्थ, सम्पन्न, खुशी र सकारात्मक जीवन जिउन अभिप्रेरित गर्ने कम्पनीको मिशन रहेको कम्पनीका अध्यक्ष बलाराम सुवेदीले बताउनु भयो । उहाँले बहुगुणी मौरीजन्य वस्तुहरु र एपि थेरापीको माध्यमलाई प्रयोग गरी स्वस्थ्य साथमा समृद्ध बन्न सकिने कम्पनीले सिस्टम बनाएको हुनाले कृषकले जडिवुटी खेती गरेर पनि प्रशस्त आय आर्जन गर्न सकिने भएकाले रोजगारीको लागि समेत टेवा पुर्याउने  कम्पनीका अध्यक्ष बलाराम सुवेदीले बताउनुभयो । 

 

मुलुकमा अखाद्य वस्तुहरुको व्यापक प्रयोग गरी रहेकाले विभिन्न रोगीको संख्या बढेका कारण मुलुकमा केही जागरुक सच्चा देशप्रेम भएका युवाहरुले देशमा खेर गइरहेको मौरीजन्य र जडिवुटीजन्य वस्तुहरुको अध्यायन अनुसन्धान गरी मानव जीवनमा अत्यान्तै उपयोगी प्राकृतिक सुपर खाद्य वस्तु प्रयोग गर्न र प्राकृतिक जीवनशैली अपनाउन आह्वानका साथ घर घरमा व्यक्ति व्याक्तिलाई स्वस्थ बनाउने महान अभियान लिएको कम्पनीका अध्यक्ष बलाराम सुवेदी बताउनुभयाे।

विश्वभरमा १४ सयभन्दा बढी औषधीय गुण भएका जडिवुटीहरु पाइन्छन् । जसमा नेपालमा मात्र ७ सय पचास भन्दा बढी उच्च औषधीय महत्व भएका जडिवुटीहरु खोज अनुसन्धानबाट पत्ता लागेका छन् । जसलाई ब्यापारीक कम्पनी  युर्टनको सिस्टमको माध्यमबाट विश्वबजारमा पुर्याउन सके  राज्यलाई समेत आर्थिक रुपमा सवल हुन सक्ने कम्पनीका प्रबन्ध निर्देशक सुवास केसीको दावी छ ।

नेपाली समाजमा सामाजिक मान्यता पाइनसकेको डाइरेक्ट सेलिङले थुप्रै प्रयासहरुको बावजुद वस्तुको प्रत्यक्ष विक्री वितरण गर्ने इजाजत २०७७ असार २६ गते नेपाल सरकार वाणिजय आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागबाट प्राप्त गरेको छ । विश्वभरमा वस्तुको प्रत्यक्ष विक्रीको माध्यमबाट विदेशी मुद्राहरु आफ्नो देशमा भित्र्याइ आर्थिक उन्नति गरेको थुप्रै उदाहरणहरु छन् । त्यसैले युर्टन इन्टरनेसनल कम्पनीले पनि आगामी साल २०८१ बाट विश्व बजारमा हाम्रा उच्च गुणस्तरका हिमाली जडिवुटीहरु साथै उच्च गुणस्तरका मौरीजन्य वस्तुहरु विदेशमा व्यापारिक सिस्टमको माध्यमबाट विश्व बजारमा बिक्री वितरण पुर्याउने लक्ष्य लिएको कम्पनीको प्रबन्ध निर्देशक सुवास केसीले बताउनुभयो ।

कम्पनीले आफ्नाे चौथो स्थापना दिवस अवसरमा यही फागुन २१ गते देखि प्रचार प्रसार कार्यक्रमको साथ सुरु गर्दछ त्यसैगरी फागुन २२ गते मौरीको महत्वका विषयमा अन्तरक्रिया तथा विक्री केन्द्रमा दीप प्रज्वलन गरेर मनाइने छ । २३ गते युर्टन र प्रत्यक्ष व्यापार सम्बन्धि कविताहरु वाचन, २४ गते क्षेत्रीय कार्यालयमा रक्तदान कार्यक्रम, २५ गते अनलाइनको माध्यमबाट स्वास्थ्य र समृद्धिका विषयमा निबन्ध लेखन प्रतियोगिता, २६ गते उत्सव यात्रा जिल्ला देखि राजधानीसम्म हुने छ भने २७ गते काठमाण्डौंको राष्ट्रिय सभागृहमा सम्मान तथा उत्सव कार्यक्रम रहने जानकारी मार्केटिङ निर्देशक अर्जुन गिरीले बताउनुभयो ।

मौरीजन्य वस्तु जस्तै प्रोपोलिस, रोयलजेली, वि बेर्ड, विभेनमले भयानक भनिएका रोगहरु क्यान्सर, बाथ, पक्षघात, सुगर, प्रेसर, ग्यास्ट्रीक अल्सर, घाउ घटिरा जस्ता सयौं रोगहरु निको पार्ने युर्टन इन्टरनेसनल कम्पनीका भगिनी संस्था एपी नेचर केयर हस्पिटलका निर्देशक डा. आयुषा अधिकारीले बताउनुभयाे । उहाँले प्रमाणित मौरीजन्य पौष्टिक आहारहरु र नेपाली जडीबुटी तथा मौरीजन्य कस्मेटिक्सहरुबाट मानवजातिलाई स्वास्थ बनाउन सकिने प्रशस्त प्रमाणहरु भएको अवगत डा. अधिकारीले गराउनुभयो ।

चिन्तामुक्त मानव, निरारेगी समाज बनाउने प्रतिवद्धताको साथ स्थापना भएको युर्टन इन्टरनेसनल प्रा.लि.ले मानव स्वास्थ्यलार्इ प्रमुख प्राथमिकता दिर्इ एपि नेचर केयर हस्पिटलकाे स्थापना गरेकाे छ। अशक्त बिरामी तथा दीर्घरोगी भएर अन्य हस्पिटलमा गई निको हुन नसकेका बिरामीहरुका लागि एपि नेचर केयर हस्पिटलले मौरीजन्य र जडीबुटीहरु प्रयोग गरी निको भएकाे हजारौं उदाहरणहरु भएको बताउनुभयाे।

यसैगरी नेपाल एपी थेरापी रिसर्च सेन्टर प्रा.लि.ले CTEVTE बाट सम्बन्धन प्राप्त गरी थेरापी सम्बन्धी प्रशिक्षण कक्षाहरु सञ्चालन गर्दै आएको  समेत जानकारी दिनुभयो । अशक्त बिरामी तथा दीर्घरोगीको लागि मौरीजन्य वस्तुहरुबाट अत्यान्तै लाभ मिलेको बताउदै काठमाण्डौं बाँँसवारीमा एपी नेचर केयर हस्पिटल खोलि सकेकोले कुनैपनि रोग लागेर ग्रसित दीर्घरोगी बिरामीहरु पीडामा छट्पटीइ रहन नपर्ने र हतास हुनु नपर्ने उहाँले जानकारी दिनुभयो । 

देशको प्रमुख प्रमुख शहरहरुमा जहाँ कम्पनीका क्षेत्रीय कार्यलयहरु छन्, त्यहाँ त्यहाँ हस्पिटल खेल्ने समेत भविष्यको लक्ष्य रहेको बताउनुभयो । त्यसैगरी हरेक सिटी सेन्टरहरुमा थेरापी सेन्टर खोल्ने समेत जानकारी गराउनुभयो ।