
दलबहादुर गुरुङ
फागुन २२ देखि २६ गतेसम्म रुपन्देही उद्याेग संघ,बुटवलमा प्रादेशिक कला प्रदर्शनी हुँदैछ। नि:शुल्क प्रवेशकाे प्रवन्ध गरिएकाे उक्त प्रदर्शनीमा लुम्बिनी प्रदेशभरिका एक २४ जना कलाकारका करिव दुईसय कला (चित्रकला,मूर्तिकला र हस्तकला) हुँदैछ ।

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानकाे आयाेजना र रुपन्देही व्यवसायिक कलाकार संघकाे संयाेजनमा उक्त प्रदर्शन बुटवलमा हुनु निकै खुसी र उत्साहजनक कुरा हुन् । कला मृत्युपछिकाे जीवन भन्छन् तर याे मृत्युपर्यन्त जीवन हाे । कला अमूल्य हुन्छ भन्छन् तर कलाकारले सिर्जनाका मूल्य कायम गरि व्यवसायिक कलाकाे विकास गरि आत्मनिर्भर कलाकार बनाएर सामाजिक एवम् आर्थिक पाटाेमा बलियाे बनाउनु वर्तमानकाे खाँचाे हाे ।
याे प्रदर्शनीले रैथाने कलाकाे संरक्षण,सम्वर्द्वन र प्रवर्द्धनमा उल्लेखनीय टेवा पुराउने आयाेजककाे आशा र उपलब्धि पक्कै पनि पूरा हुन सकाेस् शुभेच्छा प्रकट गर्दै शालिन्दा यस्ताे कार्यक्रम भईरहेमा कलाकारहरु तिरखारिने थिए । आफ्ना प्रतिभा थप उजागर गर्ने थिए र प्रदर्शनीका आगन्तुकहरुले कलाकाे मर्म र मूल्य बुझ्नेमात्र हाेईन खरिद गरि कलाकारहरुकाे थप सम्मान हुने थियाे !
कलाकार राज्यका गहना हुन् भन्छन् तर मलाई उनीहरु राज्यका अङ्ग हुन् भन्ने लाग्छ । गहना त चाहिनेबेला लगाउने र अरुबेला थन्क्याउने गरिन्छ तर कलाकारहरुका कला सधैं देखाउने,उनीहरुलाई राज्यप्रति निरन्तर समर्पित गराउने र राज्यकै अङ्गका रुपमा विकास गर्दै लैजादा कलाकारकाे साँचाे सम्भवना सम्भव छ ।

कलाकारकै कारण नेपाल संसारभर चिनिएकाे छ । दुनियाँले नेपालका कला संसारभर फैलाएका छन् । नेपाली कलाकार र कलाकारिता माैलिक छन् ,रैथाने छन् । प्रभावकारी र जीवन्त छन् । त्यसैले पनि साेही मर्मलाई मनन गरि बुटवलमा सञ्चालन हुँदै गरेकाे प्रदर्शनी यस क्षेत्र र विषयका लागि काेसेढुङ्गाे सावित हुनेछ ।
आयाेजक र संयाेजन गर्ने संस्थाले सबैलाई निम्ताे गरेकाे छ । सबैलाई सहभागिताका लागि आमन्त्रण गरेकाे छ ।
सहभागी भई कलाकाे मर्म र मूल्य बुझाैं ।