Hamro Goreto
एम.जी.कल्ब द्वारा मगर मौलिक खानाको साथै संस्कृति साझाँ कार्यक्रम
Saturday, 21 Feb 2026 00:00 am
Hamro Goreto

Hamro Goreto

 

४४ औँ मगर एकता दिवसको पूर्व सन्ध्यामा एम.जी.क्लबले मगर मौलिक खानाको साथै सांस्कृतिक साझाँ कार्यक्रम सम्पन्न गरेको छ। क्लबका अध्यक्ष देवलाल अर्गालीको अध्यक्षतामा नेपाल मगर संघ केन्द्रीय सह अध्यक्ष गङ्गा खासु मगरको प्रमुख अतिथ्यता रहेको थियो। फागुन ७ गते बुटवल देवीनगर देवसिद्ध चोक थ्री पोइन्ट गार्डेनमा सम्पन्न भएको सो कार्यक्रममा प्रमुख अतिथी गङ्गा खासुले बोल्दै जुनसुकै समुदायको पनि उसको पहिचान भाषा, संस्कृति ,संस्कार सँग जोडिएको हुन्छ,मगर समुदायको भाषा,धर्म,संस्कार,संस्कृतिलाई राज्यले पाखा लगाएको गुनासो गर्दै नेपाल मगरसंघ केन्द्रीय समितिले दीर्घकालीन मगराँत राज्यको परिकल्पना गरेको बताए। साथै आदिवासी जनजातिहरु जमीन सँग जीवन मरणको सम्बन्ध भएको हुनाले नेपालका थुप्रै ठाउँहरूमा मगर भाषासँग जोडिएको नाम रहे पनि परिवर्तन भएर मगरको पहिचान मेटिएको र खोसीएको छ। त्यसलाई मगर भाषामा परिवर्तन गर्न हामी सबैले खबरदारी गर्नुपर्ने बताएका छन्। यसैगरी विशिष्ठ अतिथि बुटवल उपमानगरपालिका प्रवक्ता तथा वडा नम्बर १५ का अध्यक्ष सिव रानाले मगर दिवसको पूर्ण सन्ध्यामा एम.जी.क्लबले मगर संस्कृति संरक्षण गर्ने उद्देश्यले मनाउँदै आएको यो कार्यक्रम मगर समुदायको भावनासँग जोडिएको बताउँदै एम.जी.क्लब प्रति धन्यबाद वक्त गरेका थिए। साथै मन्तव्य राख्ने क्रममा नेपाल मगर संघ जिल्ला समिति रूपन्देही अध्यक्ष थर्क बहादुर बाह्रघरे मगरले एम.जी.क्लब अन्य क्लब भन्दा आर्थिक रूपले सम्पन्न क्लब भएकोले स्थापनाकाल देखि नै समाजिक काम गर्दै आएको बताए। क्लबका संस्थापक अध्यक्ष तुलबहादुर सारुले एम.जी.क्लब स्थापना गर्नुको मुख्य उद्देश्य र क्लबले कुन कुन ठाउँमा सामाजिक काम गरेर सहयोग पुर्‍याएको छ भन्नेबारे प्रस्त पारेका थिए। उक्त कार्यक्रममा विशिष्ठ अतिथि जेष्ठ नागरिक ९४ वर्षका 1/6 गोर्खा राइफलबाट अवकाश प्राप्त सांर्जेन श्री मान बहादुर सारु मगरलाई क्लबले दोसल्ला उडाएर सम्मान गरेको थियो। सो कार्यक्रममा मगर मौलिक खानपिनको साथै राष्ट्रिय लोकदोहोरी कलाकारहरु दीपिका बोयम्बु ,सिद्धार्थ आले,दिपु मगरको बेजोड प्रस्तुतिबाट दर्शकहरूले भरपूर्ण मनोरञ्जन लिनुका साथै स्थानीय कलाकार भाइबहिनीहरूको नृत्य रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि विशिष्ठ अतिथि मन्चमा आसिन अन्य अतिथि गण साथै क्लबका सम्पूर्ण सदस्यहरू एम.जी महिला समूह लगायत अन्य दर्शकहरूको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा क्लबका बरिष्ठ उपाध्यक्ष निल बहादुर कवर मगरको स्वागत मन्तव्य रहेको थियोभने कार्यक्रम सञ्चालन कल्बका महासचिब निर बहादुर गाहाले गरेको थिए।