
एक सय १६ ओैं अन्तर्राष्ट्रिय महिला दिवसकाे अवसरमा तिनाउ गाउँपालिकामा गठित महिला समन्वय समितिले महिला सशक्तिकरणका लागि क्षमता अभिवृद्धि तालिम आईतवार दाेभानमा सम्पन्न गरेकाे छ । 
तालिम समापन कार्यक्रममा बाेल्दै तिनाउ गाउँपालिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि प्रेम श्रेष्ठले तिनाउ गाउँपालिकाले "महिला पहिला" बनाउने अभियानलाई जाेड दिएकाे बताए । त्यसका लागि महिला सशक्तिकरण र आयमुखी कार्यक्रम सञ्चालनका लागि अध्यक्षसँग ईलम कार्यक्रम रहेकाे बताए । तिनाउ गाउँपालिकाले कृषि,पर्यटन,पशुपालन र उद्यमशीलतामा जाेड दिदै अघि बढेकाे उनले जानकारी दिए । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा उनले महिलाहरुलाई नेतृत्वका निम्ति तयार रहन समेत सुझाए । कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष लालबहादुर थापाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमामात्र अधिकारका कुरा नगरी समावेशी तरिकाले सदैव अघि बढ्नु पर्नेमा जाेड दिए । महिलाहरुलाई सशक्तिकरण गर्दै उद्यमशीलतामा जाेड दिनुपर्ने उनकाे तर्क थियाे । पालिकाले उद्यमी महिला निर्माण गर्दै स्वराेजगारमा जाेड दिएकाे बताए । सीपलाई श्रमसँग जाेड्नुपर्ने उनले बताए । 
तालिमकाे सहजीकरण सामाजिक अभियन्ता दलबहादुर गुरुङले गरेका थिए । उनले अन्तर्राष्ट्रिय श्रमिक महिला र नेपाली महिलाकाे अवस्था,लैङ्गिक समता,महिला उद्यमशीलता र महिला सशक्तिकरण विषयमा सहजीकरण गरेका थिए । 
तालिममा तिनाउ गाउँपालिकाभित्र रहेका ६ वटै वडाका ३० वटा महिला समूहहरुकाे सार्थक सहभागीता रहेकाे थियाे । तालिममा सहभागीका तर्फबाट दुर्गा भण्डारी,गाेपिका पाैडेल,बस्याल र पम्पा मगरले तालिम प्रभावकारी रहेकाे र निरन्तर सञ्चालन हुँदा महिलाहरु सक्षम र सबल हुने उनीहरुकाे भनाई थियाे ।