

बुटवल ११ एम°जी°क्लबले तेस्रो एम°जी°कप राष्ट्रिय खुल्ला मेन्स डबल तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ। सो प्रतियोगिता चैत २१ गते शनिबार बुटवल-१५ सेमलार ब्याडमिन्टन कभर्ड हलमा नगर प्रमुख खेलराज पाण्डेले समुद्घाटन गरेका थिए। 
उक्त प्रतियोगितामा राष्ट्रिय खुल्लातर्फ १६ टिमले भाग लिएका थिए भने भेट्रान्सतर्फ ३२ टिमले भाग लिएका थिए। खुल्ला मेन्स डबलतर्फ १६ टिमलाई पछि पार्दै लाफा समूहले प्रथम उपाधि हात पारेको छ। लाफा समूहका हिमांशु कँवर, विवेक चौधरीले प्रथम पुरुस्कार ५५,५५५ नगद ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने द्वितीय हुन सफल बि०बि०सि क्लवका बलराम क्षेत्री र विवेक न्यौपानेले रु ३३,३३३, मेडल ट्रफी, प्रमापत्र हासिल गरेका छन। यसैगरी तृतिय हुनेमा लाफा समूहकै अरविन्द श्रीपाली र विनोद पौडेल र मधवलिया ब्याडमिन्टन क्लबका विवेक अधिकारी, प्रतीक बिष्टको दुबै टिमले ११,१११ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन्। यसैगरी भेट्रान्सतर्फ प्रथम स्थान हासिल गर्न सफल हुने कास्की समूहका शम्भु कुमार श्रेष्ठ र देव गुरुङले ४०, ५५५नगद र ट्रफी,मेडल प्रमापत्र प्राप्त गरेका छन भने द्वितीय हुने नेपालगञ्ज समुहकाअनिल लाखे र अनुपम न्यौपानेले रु २५,५५५ , ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् साथै तृतीय हुनेमा लाफा समूह पुरनगाहा, कृष्ण राना र बि बि सी क्लबका पंकज ज्ञावाली,महेश्वर नेपाल दुबै टिमले ७,५५५ नगद सहित ट्रफी मेडल परमाणपत्र प्राप्त गरेका थिए। सो खेल प्रतियोगितामा लाफा समूहका हिमांशु कँवरलाई क्लवले ऊकृष्ट खेलाडीको रूपमा पुरस्कार बितरण गरेका थिए साथै मधवलिया ब्याडमिन्टन क्लबका विवेक अधिकारीलाई पनि उदयमान खेलाडीका रुपमा छनोट भई पुरुस्कार पाएका थिए।

साथै प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने खेलाडीहरुलाई पुस्कार वितरण गर्ने प्रमुख अतिथि बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका संयोजक बोनिन पियाले बोल्दै एम. जी. क्लबले समाजिक काम गर्दै आए पनि स्वस्थ्यको लागि खेल र राष्ट्रको लागि खेल भन्ने भावनालाई आत्मसाथ गर्दै राष्ट्रिय स्तरको खेल प्रतियोगिता सम्पन्न गरेकोमा अत्यनतै महत्त्वपूर्ण रहेरको बताए साथै आगामी दिनहरुमा पनि एम. जी.क्लबले खेल क्षेत्रलाई अगाडि बढाउने छ भन्दै क्लब प्रति धन्यवाद ब्यक्त गरेका थिए। खेल प्रतियोगितामा अनुसासित र मर्यादीत भएर खेल खेलेकोमा विजेता र उपविजेता खेलाडीहरुलाई हार्दिक बधाई साथ धन्यवाद व्यक्त गरेका थिए।उक्त खेल कार्यक्रममा क्लबका अध्यक्ष देवलाल आर्गलीको अध्यक्षतामा बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेको प्रमुख अतिथिता रहेको थियो भने विशिष्ठ अतिथि बुटवल उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव राना रहेका थिए साथै अन्य अतिथिहरु बुटवल ११ को वडा अध्यक्ष राम चन्द्र खनाल, नवरंत्न मा वि का अध्यक्ष भवानी शर्मा,क्लबका सल्लाहकार तथा व्यवसायी गम प्रशाद रेश्मी, राष्ट्रिय रेफ्री अनुप रत्न शाक्य, सेमलार ब्याडमिन्टन क्लबका अध्यक्ष पूर्ण प्रकाश थापा,लाफा समूह अध्यक्ष वविन थापा लगायत अन्य अतिथि गण तथा क्लबका मार्ग दर्शक वसन्त थापा चर्ते,संस्थापक अध्यक्ष तुल बहादुर सारु, संरक्षक श्रीधर आर्घली नि वर्तमान अध्यक्ष ओम बहदुर सारु,पूर्व अध्यक्ष राम बहादर सिंजाली, कानुनी सललाहकार मदन पुन साथै खेल संयोजक पदम थापा तथा क्लबका पदाधिकारी र सम्पूर्ण सदस्यहरू एवं भिन्न जिललाबाट प्रतियोगितामा भाग लिन आएका खेलाडिहरु लगायत अन्य दर्शकहरुको उपस्थिति रहेको हुनाले खेल प्रतियोगिता कार्यक्रम भब्यताको साथ सम्पन्न भएको थियोे।.jpg)