
यतिबेला रूपन्देही जिल्लाको बुटवल उपमहानगर नगरपालिका १७ मोतिपुरस्थित रानीगंजका बासिन्दा निकै आतङ्कित भएका छौं। यद्यपि रानीगंज बस्तीलाई जोगाउन र लालपुर्जा दिएर व्यवस्थित गर्न स्थानीय सरकार तथा यस क्षेत्रबाट विजय भएका संघीय सांसदले ठूलो भूमिका खेल्नुपर्ने जरुरी देखिन्छ, किनभने यहाँका आम नागरिकले मत दिएर संघीय सांसद र जनप्रतिनिधि बनेकाहरू आज यो ठाउँको नागरिकको बास स्थानमा डोजर चल्न खोज्दा स्थानीय सरकारले अहम भूमिका खेल्ने कि नखेल्ने? यो एउटा सोचनीय विषय बनेको छ । आफ्नो नगरभित्रको सार्वजनिक सम्पत्ति संरक्षण गर्ने र नगरभित्र बसोबास गर्ने नागरिकको सुरक्षा गर्ने प्रमुख जिम्मेवारी स्थानीय सरकारको हुनुपर्छ। यतिबेला स्थानीय सरकारले काँड थापेर प्रक्रिया अगाडि बढाउन सक्यो भने यहाँका नागरिकले दिएको मतको एक एक मूल्यवान हुनेछ। यसै सन्दर्भमा डोजर आतंक बन्द गर,अव्यवस्थित बसोबास व्यवस्थापन गर भन्ने अभियानसहित आज २० गते आइतबार साँझ ४ बजे रानीगञ्ज हाटबजार खेलमैदानमा संघीय सांसदहरू एवं नगरप्रमुख, उपप्रमुख, समाजसेवी, बुद्धिजीवी व्यक्तिहरूको उपस्थिति हुने हुँदा हस्ताक्षर सहित ज्ञापन पत्र हस्तान्तरण गर्ने एवम पत्रकार भेटघाट कार्यक्रम भएको सबैजनालाई अवगत गराउँछौ। उक्त अभियानमा सम्पूर्ण अव्यवस्थित सुकुम्बासी दाजुभाइ दिदिबहिनी तथा आमा बुवा एवं शुभेच्छुक व्यक्तिहरू उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।