Hamro Goreto
महिलाहरूको लागि नेतृत्व विकास तालिम सप्पन्न
Monday, 25 May 2026 00:00 am
Hamro Goreto

Hamro Goreto

तालिमकाे उद्घाटन गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउका महिलाहरुकाे आर्थिक सशक्तिकरण,मानवीय क्षमता विकास र नेतृत्व विकासका लागि पालिकाले यथेष्ट कार्यक्रम गर्दै बताए । उनले तिनाउका महिलाहरुलाई अन्य ठाउँका महिलाका तुलनामा सशक्त बनाउन आफूहरु कटिवद्व रहेकाे बताउँदै नेतृत्व विकासविना व्यक्ति,समाज र देश परिवर्तन असम्भव भएकाे उल्लेख गरे । 

कार्यक्रमका विशिष्ट अतिथि वडा नं.६ का वडाध्यक्ष टाेमबहादुर पुनले परिवर्तन अरुबाट हाेईन,आफैबाट थाल्नुपर्ने बताउँदै नेतृत्व विकास आफैले गर्दै जाँदा उत्तम हुने बताए । त्यसका लागि नेतृत्वसम्बन्धि आधारभूत सैद्धान्तिक र प्रयाेगात्मक ज्ञानकाे आवश्यकता हुने सुनाए ।

तालिममा नेतृत्वकाे अर्थ,यसका आधारभूत तत्वहरु,प्रभावीय पक्षहरु, सकारात्मक नेतृत्वका विशेषता, गुण र महिलाहरुका साझा समस्या अनि चुनाैती सम्बन्धमा सैद्धान्तिक तथा प्रयाेगात्मक तरिकाले सहजीकरण सामाजिक अभियन्ता दलबहादुर गुरुङले गरेका थिए । 

तालिम समापन कार्यक्रममा तिनाउ गाउँ कार्यपालिका सदस्य गंगा रानाले तालिम प्रभावकारी भएकाे र सहभागीहरुले प्रस्तुत गरेका समस्या एवम् चुनाैतीहरुलाई सक्दाे समाधान गर्नका लागि वडा र पालिकामा पहल गर्ने बताइन् । त्यसै गरि सहभागीहरुका तर्फबाट सारदा श्रेष्ठ, काेपिला सुवेदी, चुना बुचा, मीना लम्तरी,नारायणी दर्जी, ईन्दिरा विक,विद्यादेवी भण्डारीले नेतृत्व विकास तालिमबाट आफूहरुले सक्दाे धेरै ज्ञान हासिल गर्न सकेकाे बताउँदै आगामी दिनमा कृषिसम्बन्धि तालिम, सिलाईकटाईकाे एड्मान्स तालिम, बालविवाह र चेलीबेटी बेचविखन विरुद्वकाे अभियान सञ्चालनका लागि वडा र पालिकाले आर्थिक एवम् नैतिक साथ र समर्थन गर्नुपर्नेमा जाेड दिए । 

महिला समन्वय समिति,तिनाउ वडा नं.६ काे संयाेजन तथा व्यवस्थापन र तिनाउ गाउँपालिकाकाे आर्थिक सहयाेगमा उक्त तालिम सम्पन्न भएकाे समन्वय समितिकी अध्यक्ष दुर्गा भण्डारीले बताइन् ।