Hamro Goreto
नमस्ते टोल विकास संस्थामा नयाँ नेतृत्व चयन अध्यक्षमा पुन: सुनिता रास्कोटी
Friday, 05 Jun 2026 23:30 pm
Hamro Goreto

Hamro Goreto

  

बुटवल उपमहानगरपालिका १७ नमस्ते टोल विकास संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन यही जेठ २१ गते संस्थाको प्राङ्गमा सम्पन्न भएको छ। सो कार्यक्रममा टोल विकास संस्थाले टोलका २० जना जेष्ठ नागरिकलाई कोसेली स्वरूप सम्मानसहित मायाको चिनो प्रदान गरेको छ। साथै भर्खरै एसइइ पास गरेका ७ जना भाइबहिनीहरूलाई पनि मायाको चिनो सहित सम्मान गरेको थियो । कार्यक्रम सुनिता रास्कोटीको अध्यक्षतामा प्रमुख अतिथि नगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गर्दै रानीगंजवासीलाई विस्थापित हुन कदापि नदिने बताएका छन्। साथै आफूहरू नगर प्रमुख र उपप्रमुखले यही कुराको मागलाई मुख्य विषय बनाएर लड्ने बताउदै नमस्ते टोलका नागरिक सँग प्रतिबद्धता जाहेर गरेका छन्। यसैगरी प्रमुख अतिथि पाण्डेले कसैको दर र धम्कीमा घर वाहरविहिन गराउन पाइँदैन भन्दै नगरप्रमुख र उपप्रमुख सधैं रानीगञ्ज बासीको पक्षमा रहने जानकारी गराए। अहिले एसइइ पास गरेका भाइबहिनीहरू आर्थिक अभावको कारण पढ्न पाएका छैन्न भने त्यसको जिम्मेवारी स्थानीय सरकारले लिने बताएका छन । नमस्ते टोलविकास संस्थाले विकासको रुपमा धेरै फर्को मारेको छ भन्दै कुनै एउटा वडाले गर्ने काम नमस्ते टोल संस्थाले गरेको उल्लेख गरे। यसैगरी कार्यक्रममा विशिष्ट अतिथि वडा नं १७ का जनप्रतिनिधि रामप्रसाद न्यौपाने, मोतिपुर खाने संस्थाका कृष्ण नेपाली सल्लाहकार टंक प्रसाद न्यौपानेले पनि टोल संस्थाको बारेमा बोलेका थिए। कार्यक्रममा सुनिता रास्कोटीले अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने झरना सूर्यवंशीले कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। अधिवेशनले सुनिता रास्कोटको अध्यक्षतामा सर्वसम्मवत रूपमा नयाँ कार्य समिति चयन गरेको छ। उपाध्यक्ष हरिलाल भुसाल, सचिव रविन घिमिरे, कोषाध्यक्ष झरना सूर्यवंशी, सह सचीव सवित्रा खत्री रहेका छन् भने सदस्यहरू मुना थापा, रिता बुढाथोकी , नानु मया थापा, गोपाल गिरी, सन्तोषी थारु, ओम बहादुर श्रीस, नारायणी कार्की, मनिषा श्रेष्ठ, चयन भएका छन् । यो भन्दा पहिल पनि सुनिता रास्कोटी नमस्ते टोल विकास संस्थाको अध्यक्ष एक कार्यकाल गरि सकेकी छन, पहिलो कार्यकालमा सबैको साथ सहयोगले गर्दा आफू सफल हुन पुगेको उल्लेख गर्दै अब दोस्रो कार्यकालमा आउने कार्यसमिति पनि अझै उर्जाशिल,लगनशील र मेहनती हुने छन भन्दै सम्पूर्ण टोलवासिको साठ सहयोगको अपेक्षा राखेको बताए । कार्यक्रममा विशिष्ट अतिथि नगरको उपप्रमुख सावित्री देवी अर्याल बुटवल वडा १७ कोजनप्रतिनिधि रामप्रसाद न्यौपाने रहेका थिए भने अन्य अतिथिहरू संस्थाका सल्लाहकार टंक प्रसाद न्यौपाने मोतीपुर खाने पानी संस्थाका कृष्ण नेपाली, पारु श्रेष्ठ, विभिन्न टोल विकास संस्थाका अध्यक्ष लगायत अन्य अतिथि गण सहित सम्पूर्ण टोल बासीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष हरिलाल भुसालको रहेको थियो भने कार्यक्रम सञ्चालन कृष्णकुमारी पाण्डेले गरेका थिए।