

असार ७ गते प्रकृति-मानव केन्द्रित जन अभियान, नेपालको केन्द्रीय टोली पोखराबाट अध्यक्ष बिन्दु राज सापकोटा, धादिङबाट पूर्वअध्यक्ष उत्तम कँडेल, गैडाकोटबाट सचिव माया गिरी र कावासोतीबाट सल्लाहकार किशन शर्मा सहित हामी चार जना असार ८ गते बिहान बाँके जिल्ला कोहलपुर निवासी केन्द्रीय कोषाध्यक्ष डोलराज अर्याल र सदस्य दीर्घ नारायण अर्यालको पिताको श्रद्धाञ्जली कार्यक्रममा सहभागी भई सोही दिन बाँके जिल्ला समितिका अभियन्ताहरु संग अन्तरक्रिया सम्पन्न गरियो । कार्यक्रममा के. स. ढकनाथ सापकोटाको पनि सहभागीता रहेको थियो । बेलुका देउखुरी स्थित डा. डि.बि. सिंह स्मृति फाउन्डेसनको उपाध्यक्ष लेखराज रेग्मीको निवासमा बास बसियो । 
असार ९ गते लेखराज रेग्मी समेतको सहभागीतामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री र सभामुखसंग भेटघाट गरि प्रकृति-मानव केन्द्रित जन अभियान र डा. डि.बि. सिंह स्मृति फाउन्डेसनको तर्फबाट ज्ञापन-पत्र हस्तान्तरणका साथै अभियानका सम्बन्धमा छलफल गरियो छलफलमा लुम्बिनी प्रदेशसभा सदस्य दिनेश पन्थीको पनि सहभागीता रहेको थियो । सोही दिन बेलुका कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम सापकोटाको निवासमा बास बसियो । 
त्यस्तैगरि असार १० गते कपिलवस्तु जिल्ला समितिको बैठकमा सहभागी भई अभियानका वारेमा छलफल तथा अन्तरक्रिया सम्पन्न गरियो । साथै सोही अवसरमा कपिलवस्तु जिल्लाको अन्तर्राष्ट्रिय सिमाना अतिक्रमण सम्बन्धि अध्ययन अवलोकन गरि प्रतिवेदन तयार पारी प्रकाशन गराउने निर्णय समेत गरियो । उक्त कार्यक्रममा अभियानका के. उपाध्यक्ष टेकराज पौडेल, के. स. तथा लु. प्र. अध्यक्ष नेत्र अधिकारी, के. स. मिनराज बेलवासे समेतको सहभागीता रहेको थियो । सोही दिन अपरान्ह रुपन्देहि जिल्ला समितिका अभियन्ताहरु संग प्रकृति-मानव केन्द्रित जन अभियान तथा डा. डि.बि. सिंह स्मृति फाउन्डेसनका सम्बन्धमा अन्तरक्रिया सम्पन्न गरियो । छलफलमा के. स. चन्द्रा थापा, सान्तराम गिरी र रुद्रलाल उपाध्याय समेतको उपस्थिति रहेको थियो भने असार ११ गते बिहान बुटवल निवासी पुराना अभियन्ता बसन्तराज खनालसंगको भेटघाट र भलाकुसारी पछि अभियानको बाँकी कार्यक्रमलाई पुन निरन्तरता दिने प्रतिबद्धता सहित यस पटकको अभियानलाई यहि बिटमार्ने निर्णय गरियो ।
साथै हिजो १३ गतेको हाम्रो समिक्षाले सबै ठाउका कार्यक्रमहरू एकदमै सफल र स्मरण योग्य रहे । सबै ठाउमा सहभागी र व्यवस्थापनमा सहयोग गर्ने सबै अभियन्ता साथीहरुलाई हार्दिक धन्यवाद सहित आगामी दिनहरुमा पनि यस्तै सहयोग र सदभावको अपेक्षा गरिएको छ ।