Hamro Goreto
रोट्रयाक्ट डाउनटाउनद्धारा टेवलटेनिश प्रतियोगिता
Thursday, 28 Nov 2019 23:30 pm
Hamro Goreto

Hamro Goreto

बुटवल ९ मङ्सिर । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले प्रथम जिल्ला स्तरीय अन्तर मा.वि टेवलटेनिस प्रतियोगिता २०७६ को सुरुवात गरेको छ । बुटवलको प्रगतिनगरमा रहेको बुटवल व्याटमिन्टन क्लबमा सुरु भएको प्रतियोगितामा रुपन्देही जिल्ला भरीबाट २० वटा विद्यालयबाट करिब २५० जान खेलाडि विद्यार्थिहरुको सहभागिता रहेको छ । 
सोमबार उद्धघाटन भएको प्रतियोगितामा विभिन्न विधाका खेलहरु सम्पन्न हुनेछन् जसअन्र्तगत आज पुरुष डबल, महिला डवल, सब जुनियर छात्र छात्रा ,जुनियर छात्र छात्रा , सिनियर छात्र छात्रा, शिक्षक एकल सहितका खेलहरु सम्पन्न भएको क्लबका अध्यक्ष मधु भट्टराईले जानकारी गराएका थिए । 
प्रतियोगिताको उद्धघाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ५ का प्रदेश सभा सदस्य माननिय भोजप्रसाद श्रेष्ठ ज्यूले रोट्रयाक्ट डाउनटाउनले समाजको सकरात्मक परिवर्तनकालागि क्लब स्थापना पश्चात खेलेको महŒवपुर्ण भुमिकाको प्रशंसा गर्दै सामाजिक संस्थाले खेल, खेलाडि र समग्र खेल जगतको विकासकालागि प्रतियोगिता आयोजना गरेकोमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । 
उक्त कार्यक्रममा रोटरी डिस्ट्रिकका ए.जि राजेन्द्र ढकाल, रुपन्देही टेवल टेनिस संघका अध्यक्ष सुरेन्द्र शाक्य, रोटरी डाउनटाउनका अध्यक्ष तुलसी घिमिरे, रोटरी सेन्ट्रलका अध्यक्ष राजेन्द्र कार्कि, बुटवल व्याडमिन्टन क्लबका अध्यक्ष रमेश थापा लगाएतले रोट्रयाक्टले उत्कृष्ट कार्यक्रमहरु गर्दै आएको बताउदै प्रतियोगिताको प्रशंसा गरेका थिए साथै कार्यक्रममा साथ र सहयोग रहेको समेत बताएका थिए । 
प्रतियोगिताको समापन मंगलबार १० गते साझ ४ बजे रहने कार्यक्रम संयोजक महेश खनालले जानकारी गराएका थिए भने कार्यक्रमको संचालन क्कबका सचिव सौरभ भुषालले गरेका थिए ।