Hamro Goreto
सकियो लन टेनिस
Thursday, 28 Nov 2019 23:30 pm
Hamro Goreto

Hamro Goreto

स्वस्तिक श्रेष्ठ    
बुटवल, ७ मंसिर 
उमेर समुहको खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको आयोजनामा जुनियर लन टेनिस प्रतियोगिता सम्पन्न भएको छ । स्व. रो मिन प्रसाद न्यौपाने, राजकुमार श्रेष्ठ र रोट्याक्टर निशा चापागाईको स्मृतिमा आयोजना भएको तेस्रो जिल्ला स्तरीय खुल्ला जुनियर लन टेनिस प्रतियोगिता २०७६ को यु–८ उमेर समुहमा निश्चल ज्ञवाली प्रथम भएका छन । उनले विप्लव रजालीलाई फाईनलमा १०–६, १०–६ को सेटमा पराजित गर्दै उपाधि चुमेका हुन । विप्लव दोस्रो भए । खेलमा सहनवाज हुसैन र संघर्ष फौज्दार तेस्रो स्थान हासिल गरे । यु–१० उमेर समुहमा वृजेश अर्याल प्रथम भए । उनले ओसम थापालाई ४–१, ४–२ को सेटले खेल जित्दै प्रथम भए । खेलमा योगेश ज्ञवाली तेस्रो भए । यु–१२ उमेर समुहमा दिपेश ज्ञवाली प्रथम भए । उनले फाईनलमा साहिल थापालाई ४–२, ४–२ को सेटले पराजित गरे । खेलमा अजय पौडेल र विकास पाण्डे तेस्रो भए । यसैगरि यु–१४ मा उमेर समुहमा रोहित राना मगर प्रथम भएका छन । उनले फाईनलमा रितेश ज्ञवालीलाई ४–२, ४–२ को सेटले पराजित गर्दै प्रथम भएका हुन । खेलमा निखिल भट्टराई र निराजन भट्टराई तेस्रो भए । 
यसैगरि छात्रातर्फको यु–१८ उमेर समुहमा सलिना गौचन प्रथम भए । उनले फाईनलमा पुजा अर्याललाई  ४–२, ४–१ को सेटले पराजित गर्दै प्रथम भए । खेलमा प्रिति गौतम र एलिसा श्रेष्ठ तेस्रो भए ।
एक कार्यक्रमका बिच विजेता, उपविजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका सदस्य दीर्घ बहादुर केसि, रोटरीयन राजेन्द्र ढकाल, बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवाली, रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीका अध्यक्ष कृष्ण प्रसाद शर्माले पुरस्कार वितरण गरेका छन । 
मंसिर ६ र ७ गरि दुई दिनसम्म चलेको प्रतियोगिता जिल्लाका ३० जना जुनियर खेलाडीहरुले विभिन्न उमेर समुहमा प्रतिस्प्रर्धा गरेका थिए ।