Hamro Goreto
कानुङ सहकारीको प्रथम साधारण सभा
Wednesday, 04 Dec 2019 23:30 pm
Hamro Goreto

Hamro Goreto

वालिङ स् कानूङ आँधीखोला वचत तथा ऋण सहकारी संस्थाको प्रथम स्थापना दिवस तथा प्रथम वार्षिक साधारणसभाको आज वालिङमा उद्घाटन गर्नुहुँदै नगर प्रमुख दिलिपप्रताप खाँणले आजको वचत नै भोलिको ठूलो सम्पति भएकाले वचत गर्ने बानीको विकास गर्न सुझाव दिनुभएको हो ।
“सहकारी पूँजी निर्माण गर्ने यन्त्र हो” नगर प्रमुख खाँणले भन्नुभयो, “पैसालाई पूँजीमा रुपान्तरण गर्ने चेतना सहकारीले आफ्ना शेयर सदस्यहरुलाई बुझाउनु आवश्यक छ ।” “आर्थिक सुशासन, पारदर्शितामा विशेष ख्याल गर्दै अगाडि बढ्नुहोस्” नगर प्रमुख खाँणले भन्नुभयो, “आज संस्था मजबुत बनाउनुहोस्, भोलि संस्थाले तपाई आँफैलाई मजबुत बनाउँछ कार्यक्रमा जिल्ला सहकारी संघका अध्यक्ष लक्ष्मीपति पौडेल, सल्लाहकार विश्वप्रकाश थापा, नेपाल मगर संघ केन्द्रिय सदस्य खगिसरा थापालगायतले बोल्नुभएको थियो । अध्यक्ष उमेश दर्लामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण थापा र सञ्चालन सचिव तेजबहादुर आलेले गर्नुभएको थियो ।संस्थाको फाल्गुनदेखि असार समान्तसम्मको आर्थिक कारोबार अनुसार १ करोड ८२ लाख २१ हजार ५ सय सेयर पुँजी रहेको संस्थाको निक्षेप १ करोड ४२ लाख ९४ हजार ३ सय १५ रहेको छ भने ऋण लगानी १ करोड ७३ लाख ८० हजार ३ सय ६२ रुपैँया रहेको छ । संस्थाले सेयर पुँजी २ करोड पु¥याउने लक्ष्य लिएको छ भने असार मसान्तसम्म सेयर सदस्य २५७ रहेको छ ।