Hamro Goreto
‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’
Sunday, 15 Dec 2019 23:30 pm
Hamro Goreto

Hamro Goreto

सुरक्षामा पूर्व प्रहरी, पच्चिस करोडको बिमा
बुटवल, ३० मंसिर । ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा पूर्व प्रहरीले सुरक्षा प्रदान गर्ने भएको छ । सुरक्षा व्यबस्थापन उपसमितिले टेण्डर आह्वान गरि पूर्व प्रहरी सेक्युरिटी सर्भिर प्रालिलाई सुरक्षाको जिम्मेवारी दिने निर्णय गरेको हो । 
मेला अवधिभर सुरक्षा व्यबस्थालाई चुस्त बनाउने गरि सुरक्षा व्यबस्थापन उपसमितिका संयोजक बाबुरा बिक र प्रालिका व्यबस्थापक बिरबहादुर जिसीले सम्झौता गर्नुभएको छ । सम्झौता अनुसार रातीको समयमा २५ जना र दिउँसोको समयमा ३० जना सुरक्षाकर्मी मेलाको सुरक्षामा खटिने छन् । 
त्यसबाहेक नेपाल प्रहरी, ससस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानबाट समेत मेलामा प्रत्यक्ष निगरानी गरिने बुटवल उद्योग बाणिज्य संघका सदस्य तथा मेला सुरक्षा व्यबस्थापन उपसमितिका संयोजक बाबुराम बिकले जानकारी गराउनु भयो । 
त्यस्तै मेलालाई सुरक्षित बनाउनकालागि मेलाको चारैतिर सिसिटीभिबाट निगरानी गरिने छ । त्यसैगरी मेलामा प्रति स्टल ५ लाखका दरले भूकम्प, चोरी, आगजनी, हुलदंगा, हुरी बतास तथा व्यक्तिको समेत समेटिने गरी २५ करोड रुपैंयाको बिमा गरिएको संघका कोषाध्यक्ष तथा आर्थिक व्यबस्थापन उपसमितिका संयोजक बिमलराज भट्टराईले जानकारी दिनुभयो । 

मेलाको आकर्षणमा ईन्द्रेणीको दोहोरी र रत्यौली प्रतियोगिता
बुटवल, ३० मंसिर । ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा एबिसी टेलिभिजनबाट प्रशासन हुने ईन्द्रेणीको दोहोरी कार्यक्रम सञ्चालन हुनेछ । बुटवल उद्योग बाणिज्य संघले आगामी पुसको ९ देखि २३ गतेसम्म सञ्चालन गर्न लागेको औद्योगिक व्यापार मेलामा एबिसी टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने ईन्द्रेणी समाजको दोहोरी प्रस्तुती हुने संघका कार्यसमिति सदस्य, लोक सांस्कृतिक कार्यक्रम तथा साउण्ड सिष्टम व्यबस्थापन उपसमितिका संयोजक टंकप्रसाद गैरेले जानकारी दिनुभयो । 
उहाँका अनुसार ईन्द्रेणीको दोहोरी कार्यक्रम मेला सुरु हुने दिनदेखि ५ दिन सम्म सञ्चालन गरिने छ । प्रत्येक दिन दिउँसो ३ देखि ४ बजेसम्म सञ्चालन गरिने उक्त कार्यक्रम एबिसी टेलिभिजनबाट समेत प्रत्यक्ष प्रशारण हुने उहाँले बताउनु भयो । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने छ । 
१५ दिनसम्म सञ्चालन गरिने मेलामा खुल्ला दोहोरी गीत प्रतियोगिता, खुल्ला रत्यौली प्रतियोगिता, बिद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता तथा वक्तृत्वकला प्रतियोगिता र आमा नृत्य प्रतियोगिता सञ्चालन गरिने छ । 
त्यस्तै आधुनिक तर्फ भ्वाईस अफ बुटवल प्रतियोगिता सञ्चालन गरिने संघका कार्यसमिति सदस्य तथा आधुनिक तथा बिबिध सांस्कृतिक कार्यक्रम व्यबस्थापन उपसमितिका संयोजक मनोज ध्वजुले बताउनु भयो । त्यस्तै स्थानीय कलाकारहरुको पर्वद्धन गर्नेगरी स्थानीय कलाकारहरुको प्रस्तुती, आदीवासी जनजातीहरुको समेत प्रस्तुती रहेने र हास्यव्यङ्ग्य कलाकारहरुको प्रस्तुती रहने उहाँले जानकारी गराउनु भयो ।