Hamro Goreto
एसइई परीक्षा चैत ६ देखी सुरुहुने
Tuesday, 17 Dec 2019 00:00 am
Hamro Goreto

Hamro Goreto

राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले यस बर्षको एसइई परीक्षा आगामी ६ देखि १७ चैतसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले यस वर्षको एसइईमा नियमिततर्फ करिव चार लाख हुने बताए । परीक्षा फारम भर्ने समय ९ पुससम्म रहेकाले एक्जाम्टेडतर्फका विद्यार्थीसहित करिव पाँच लाख विद्यार्थी सहभागी हुने अनुमान रहेको उनले जानकारी दिए ।